जनकपुरधाम ।आज देखि २ दिनका लागि बन्द गरिएको छ ।नापी कार्यालयका प्रमुख सहित अन्य कर्मचारीमा कोरोनाको लक्षण देखिएपछि नापी कार्यालय धनुषा २ दिनको लागि बन्द गरिएको छ ।
नापी कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै दुई दिनको लागि कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा २६ गते सम्मको लागि बन्द गरिएको जनाएको छ ।
कार्यालय प्रमुख सहित अन्य कर्मचारीमा कोरोना सँग मिल्दो जुल्दो लक्षण देखिएकोले कोरोना परिक्षणको रिपोर्ट आउँदा सम्म नियमित सेवा प्रवाह गर्नु सम्भव नरहेकोले कार्यालय बन्द गरिएको जनाइएको छ ।
।
Discussion about this post