काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्री पोखरेलको आज आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको उनका प्रेस सल्लाहकार सुनिल खड्काले जानकारी दिए ।
मन्त्री पोखरेललाई शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थियो ।
खडकाका अनुसार अहिले मन्त्री पोखरेल अस्पतालमा नै रहेको र अवस्था सामान्य रहेको छ ।
मन्त्री पोखरेलले शनिवार प्रधानमन्त्री केपी शर्मा ओली लगायत डा गोविन्द केसीको माग सम्बोधनका लागि गठित सरकारी टोलीलाई समेत भेटी छलफल गरेका थिए ।
यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
Discussion about this post