काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ५ सय ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८४ हजार ५१८ रहेको छ । कुल संक्रमित मध्ये ६९.४ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ७१७४ जना
प्रदेश२ मा १५२३८जना
वाग्मती प्रदेश
३४९८४ जना
गण्डकी प्रदेशमा ४४५४ जना
प्रदेश ५ मा १११९१ जना
कर्णाली प्रदेशमा ३५९० जना
सुदूरपश्चिम प्रदेशमा ७८८७ जना
बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १६ हजार ५९८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३६ हजार ५३३ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २४ हजार १९४ जना र संस्थागत आईसोलेसनमा १२ हजार ३३९ जना छन् । तिमध्ये ३१४ जना संक्रमितको आईसियु र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ८२५ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत, मकवानपुर, बाँके र दाङ गरि ११ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ६९४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।
हिजो (बिहीवार) नेपालमा २ हजार ६३८ जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार १७४ जना संक्रमणमुक्त भएका थिए भने १२ जनाको मृत्यु भएको थियो ।
Discussion about this post