काठमाडौं । कोरोना भाइरसको प्रकोप दिनदिनै बढी रहेको छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वमा ११ लाख २ हजार ८४४ जनाको मृत्यु भएको छ भने ३ करोड ९१ लाख ५८ हजार १०१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ९३ लाख ७५ हजार ९३० जना संक्रमण मुक्त भएका छन् भने ७० हजार ८८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच फ्रान्समा बितेको २४ घण्टामा ३० हजार ६२१ जना संक्रमित थपिएका छन् ।

यो संख्या महामारी शुरु भए यताकै फ्रान्समा सबैभन्दा धेरै हो । त्यस्तै शुक्रवार देशका सबै प्रमुख शहरमा कर्फ्यू कडा गर्नको लागि १२ हजार पुलिसकर्मी खटाएको छ ।

फ्रान्समा हालसम्म ३३ हजार १२५ जनाको मृत्यु भएको छ भने ८ लाख ९ हजार ६८४ जनालाई कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर