MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

प्रदेश – २ मा संक्रमण मुक्त हुने १२ हजार नाघे

मधेशटप मधेशटप
२०७७ कार्तिक १, शनिबार ०८:११
प्रदेश – २ मा संक्रमण मुक्त हुने १२ हजार नाघे

महोत्तरी । प्रदेश–२ मा कोभिड–१९ संक्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कूल संक्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये संक्रमण मुक्त हुने १२ हजार २७२ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो ।

प्रदेशका आठवटै जिल्लामा गरी असोज मसान्तसम्म १४ हजार ६२० मा सङ्क्रमण पुष्टि भएको छ । यिमध्ये १२ हजार २७२ निको भएर नियमित काममा फर्केका निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिनु भएको हो । यो प्रदेशमा कोभिड–१९ महामारीले १५९ जनाको ज्यान गएको छ । संक्रमण पुष्टि भएर अहिले आइसोलेसनमा रहेका एकहजार ६८९ मध्ये धेरैजसोको स्वास्थ्य सुधारोन्मुख रहेको निर्देशनालयले जनाएको छ ।

गतचैतको अन्त्यतिर प्रदेशको पर्सा जिल्लामा आएका तीन भारतीयमा कोभिड–१९ पुष्टि भएसँगै क्रमशः यताका महिनामा संक्रमण बढ्दै गएको हो । चैतदेखि भर्खरै बितेको असोजसम्मको संक्रमण अवस्था हेर्दा सबैभन्दा बढी भदौ महिनामा सङ्क्रमण उच्च देखिएको निर्देशनालयले जनाएको छ । भदौमा मात्रै पाँचहजारभन्दा माथि संक्रमण पुष्टि भएको थियो । भदौमा संक्रमणले मर्नेको सङ्ख्या पनि सबैभन्दा बढी ६६ भएको निमित्त निर्देशक झा बताउँछन्।

महामारीले वैशाखमा ९२, जेठमा एकहजार ९१९, असारमा एकहजार ८९७ र साउनमा तीनहजार ५४ जनामा संक्रमण पुष्टि भएको अभिलेख छ । त्यसैगरी असोजमा दुईहजार माथि संक्रमण पुष्टि भएका र ४८ जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्क अभिलेखले देखाएको छ ।

Source: रासस

तपाईको प्रतिक्रिया !

Related Posts

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

ताजा खबर

Why Free Casino Games Online Is a Great Way For New Players to Understand the Gameplay

Paper Writing Service

The Benefits of Each Type of Casino Game

The Best Bitcoin Casino

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop