MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

गण्डकी पर्यटन क्षेत्रलाई विशेष राहत दिइने

राहत दिइने

मधेशटप by मधेशटप
२०७७ कार्तिक १, शनिबार १९:२०
0
गण्डकी पर्यटन क्षेत्रलाई विशेष राहत दिइने

गण्डकी पर्यटन क्षेत्रलाई विशेष राहत दिइने

पोखरा, १ कात्तिक (मधेश टप):– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले व्यवसायी बाँचे व्यवसाय बाँच्ने बताउनुभएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखरा(रेबान)को २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनको उद्घाटनसत्रमा मुख्यमन्त्री गुरुङले कोभिड–१९ को असरले पर्यटन क्षेत्रमा निकै ठूलो नोक्सान पारेको उल्लेख गर्दै ‘ हुलमुलमा ज्यान जोगाउनू, अनिकालमा बीउ जोगाउनू’ पर्ने बताउनुभयो ।

प्रदेशले पर्यटन क्षेत्रमा दैनिक रु २७ अर्ब घाटा क्षेत्रमा व्यहोरिरहेको उल्लेख गर्दै मुख्यमन्त्रीले अहिले व्यवसायीलाई राहत कार्यक्रम उपलब्ध गराएर व्यवसायबाट पलायन हुन नदिन आफूले विशेष पहल गरिरहेको जानकारी दिनुभयो ।

स्वास्थ्य सतर्कताप्रति ध्यान दिएर अब आन्तरिक पर्यटनमार्फत पर्यटन क्षेत्र चलायमान गराउनाको विकल्प नभएको उहाँको भनाइ थियो । उहाँले रानीवनलाई जैविक विविधतायुक्त सिटी पार्कमा विकास गर्ने र लेखनाथ पचभैयास्थित जुलोजिकल पार्क र मिनी मुस्ताङको अवधारणालाई साकार पारिने बताउनुभयो । फेवाताल सीमाङ्कन तीव्र सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कोभिड –१९ को असर ठूला ठूला व्यवसायीलाई मात्रै नभएर साना तथा मझौला व्यवसायीलाई पनि परेको उल्लेख गर्दै सरकारले उनीहरुको समस्याको सम्बोधन गर्नुपर्ने बताउनुभयो । लामो समयदेखिको विवादित फेवाताल सीमाङ्कनको कामले तीव्रता पाएको जनाउँदै उहाँले फेवातालको विषय टुङ्गेपछि पोखराको पर्यटनमा थप उत्साह थपिने विश्वास गर्नुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले कोभिड–१९ को प्रभावले मृतावस्थामा पुग्न लागेको पर्यटन क्षेत्रलाई जीवित राख्नका लागि प्रदेश सरकारलाई सङ्घीय सरकारसमक्ष आफ्ना कुरा आग्रह गर्नुभयो ।

संस्थाका पूर्वअध्यक्ष गणेश भट्टराईले निकै असहज अवस्थामा रहेका पर्यटन व्यवसायीले यतिबेला सरकार भएको अनुभूति गर्न नपाएको गुनासो गर्नुभयो । रेबानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले सरकारले रेष्टुरेण्ट व्यवसायलाई पर्यटन क्षेत्रमा सामेल नगराएर विभेद गरेको बताउनुभयो । नेपालभरि रु १० अर्ब लगानी रेष्टुरेण्टमा भएको र करीब रु एक लाखले रोजगार पाएको यस क्षेत्रमा अहिले कोभिड –१९ बाट ७० हजारले रोजगार गुमाएको जानकारी दिनुभयो । प्रत्यक्ष र अप्रत्यक्ष पर्यटनसँग जोडिने यस क्षेत्रप्रति सरकार सधैंँ उदासीन रहेको उहाँको गुनासो थियो । संस्थाका अध्यक्ष भीमसेन भुजेलले अहिलेका अवस्थामा मौद्रिक नीति कार्यान्वयन नहुँदा व्यवसायी झन् मर्कामा परेको गुनासो गर्नुभयो । अधिवेशनको बन्दसत्रले आज नै नयाँ कार्यसमिति चयन गर्ने संस्थाका उपाध्यक्ष लक्ष्मण बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार रेबान पोखरामा ८० सदस्य छन् । सकेसम्म सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्ने तयारी भइरहेको छ ।

Previous Post

नेपालमा थप १८०० जनाले कोरोना जितेर घर फर्के

Next Post

मन्त्री श्रेष्ठद्वारा शहीदप्रति सम्मान

Related Posts

पाचौं मेयर गोल्डकपको उपाधिमाथि झुम्का सुनसरीको कब्जा
अन्य

पाचौं मेयर गोल्डकपको उपाधिमाथि झुम्का सुनसरीको कब्जा

२०७७ कार्तिक १, शनिबार १९:२०
संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न
अन्य

संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न

२०७७ कार्तिक १, शनिबार १९:२०
चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो
अन्य

चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

२०७७ कार्तिक १, शनिबार १९:२०
संरचना हटाइयो
अन्य

संरचना हटाइयो

२०७७ कार्तिक १, शनिबार १९:२०
महोत्तरीको पिपरा गाउँपालिकाले एक वर्षमै अनुगमन भत्ताको नामा बाँडे झण्डै २६ लाख
अन्य

पिपराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झासहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०७७ कार्तिक १, शनिबार १९:२०
सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका
अन्य

सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका

२०७७ कार्तिक १, शनिबार १९:२०

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति