काठमाडौँ, १ कात्तिक (मधेश टप) : नवनियुक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौँका विभिन्न स्थानमा रहेका शहीदको शालिकमा पुगेर आज माल्यार्पण गर्नुभएको छ । मन्त्रीका रुपमा शपथ ग्रहण गरेको तेस्रो दिन उहाँले देश र जनताका लागि प्राण आहुति दिने शहीदको शालिकमा माल्यार्पण गर्नुभएको हो ।
उहाँले टेकु, पचली, शोभा भगवती, गणेशस्थानलगायत स्थानमा पुगेर शहीदप्रति सम्मान व्यक्त गर्नुभएको हो । मन्त्री श्रेष्ठले आजै कोटेश्वरस्थित मदन भण्डारी पार्क पुगेर उहाँको शालिकमा पनि माल्यार्पण गर्नुभएको छ । यसअघि उहाँले शुक्रबार कीर्तिपुरस्थित पुष्पालाल स्मृति प्रतिष्ठानमा पुगी माल्यार्पण गर्नाका साथै ललितपुर बखँुबहाल पुगी वाङ्यमय शताब्दीपुरुष सत्यमोहन जोशीसँग आशीर्वाद लिनुभएको थियो ।
लामो समयदेखि काठमाडौँ उपत्यकामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को पार्टी नेतृत्व गर्दै आउनुभएका उहाँ काठमाडौँ क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुहुन्छ ।
Discussion about this post