MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

प्रयोगशालाहरुलाई सरकारले भन्यो- ‘दशैँको तीन दिन बाहेक नियमित कोरोना परीक्षण गर्नू’

मधेशटप by मधेशटप
२०७७ कार्तिक २, आईतवार १७:२९
0

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुलाइ दशैँको तीन दिन बाहेक अन्य दिनहरुमा नियमित सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दशैको नवमी, दशमी र एकादशीबाहेका अन्य दिन प्रयोगशालाहरुले नियमित कोरोना परीक्षण गर्नका लागि अनुरोध गरेका हुन् ।

साथै तीन दिनमा पनि परीक्षणको चाप भएमा भने परीक्षणलाई नियमित गर्ने व्यवस्था मिलाउने उनले बताए ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् । यससँगै नेपालमा आज कुल ३९ हजार ३ सय ४१ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ९ सय ३३ जना र होम आइसोलेसनमा २६ हजार ४ सय ८ जना रहेका छन् । हालसम्म कुल १ लाख ३२ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।
े
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको पनि प्रवक्ता गौतमले बताउनुभयो । जसमध्ये काठमाडौंमा १ हजार ४ सय ६९ जना, भक्तपुरमा ९९ जना र ललितपुमरमा १ सय ३० जना रहेका छन्् ।

पछिल्लो २४ घण्टामा कोभिड १९ बाट निको भई घर फर्किनेको संख्या २ हजार ३ सय २६ रहेको छ । यससँगै आजसम्म निको हुनेहरुको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय ३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताउनुभयो । यससँगै हालसम्म कुल १२ लाख ८३ हजार ३ सय ५४ जनामा पीसीआर परीक्षण भएको छ ।

आज देशभर ४ हजार ८ सय ३१ जना क्वारेन्टीनमा रहेका छन् । आइसियुमा ३ सय १ जना संक्रमितको उपचार भइराखेको छ । यस्तै भेन्टिलेटरमा उपचार गराउनेहरुको संख्या ६६ जना रहेको प्रवक्ता गौतमले बताए ।

Previous Post

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु,मृतक संख्या ७३९ पुग्यो

Next Post

सशस्त्र प्रहरीद्वारा १६ लाखभन्दा बढीको सुन बरामद

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७७ कार्तिक २, आईतवार १७:२९
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ कार्तिक २, आईतवार १७:२९
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ कार्तिक २, आईतवार १७:२९
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ कार्तिक २, आईतवार १७:२९
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ कार्तिक २, आईतवार १७:२९
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ कार्तिक २, आईतवार १७:२९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति