जनकपुरधाम। सशस्त्र प्रहरीले जनकपुरधाम ७ भमरपुरा चौकबाट १६ लाखभन्दा बढी मूल्य बराबरको सुन सहित एक जनालाई पक्राउ गरेको छ ।
आइतवार दिउंसो पौने दुई बजेको समयमा गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा बा १० च ३५६८ नम्बरको मारुती भ्यानबाट १६ लाख २३ हजार ८ सय रुपैया मूल्य बराबरको २ सय ग्राम काँचो सुन बरामद गरेको हो ।
सशस्त्र सीमा सुरक्षा बल गण नं. ८ जनकपुर हेडक्वाटरबाट प्रहरी निरिक्षक शम्भु कटुवालको नेतृत्वमा खटि गएको प्रहरी टोलीले १५ लाख मूल्य बराबरको गाडी सहित सो सुन बरामद गरेका छन ।
प्रहरीले सुन सहित गाडी धनी महोत्तरी जिल्ला बला नगरपालिका ७ निवासी ३४ वर्षिय रामचन्द्र दासलाई समेत पक्राउ गरेको छ ।
पक्राउ परेका दास र ३१ लाख २३ हजार ८ सय रुपैया बराबरको गाडी र सुन सहित भन्सार कार्यालयमा आइतवार नै आवश्यक कारवाहीका लागि पठाइ सकिएको प्रहरी निरिक्षक कटुवालले बताएका छन ।
नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।
Discussion about this post