काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ सय नाघेको छ।

गत २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको ८ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

गत २४ घण्टामा ३ हजार ६ सय ३७ जना जना भेटिएसँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ। कुल संक्रमितमध्ये ४४ हजार ८ सय ७७ जना सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा १५ हजार २५५ जनाको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया!!

सम्बन्धित खबर