जनकपुरधाम : प्रदेश नं २ मा जनतान्त्रिक भर्सेज जसपा सुरु भएको देखिदैछ, महिलाको आत्म-सम्मानका लागि जनतान्त्रिकले जसपाले काउन्टर फायर खोल्यो । पुर्व मन्त्री एवं सांसद अनिल झा लाई जनतान्त्रिक तराई मुक्ति मोर्चा कि केन्द्रिय सदस्य सबिता यादवको मुख-भरी जवाफ । प्रसंग यस प्रकार छ ; रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद/प्रतिनिधिसभा सदस्य एवं नवगठित जनता समाजवादी पार्टीका निर्वाचन प्रमुख अनिल कुमार झाले मिति २०७७/०७/११ गते मंगलबारका दिन आफ्नो गृह जिल्ला एवं निर्वाचन क्षेत्रको एउटा गाउँमा दशैं-तिहार-छठको शुभकामना अदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए कि, “बिदेशमा कमाउन गएका सबैको श्रीमती अन्य पुरूषसँग गलत सम्बन्धमा लागेका छन । देशमा रोजगारीको व्यवस्था नभएको हुनाले शिक्षित युवा वर्गहरू आफ्नो सम्पूर्ण घर परिवार र समाज छाडेर वैदेशिक रोजगारको सिलसिलामा बिदेश गएको हुन्छ तर तिनीहरू दिनरात मेहनत गरि पसिना बगाएर कमाएको पैसा पठाउदा श्रीमतीहरूले फिल्म हेर्न जान्छ अनि अरू पुरूषसँग गलत सम्बन्ध बनाएर भाग्छन ।
रोजगारी नपाएर दुखले सात समुन्द्र पारी कमाउन गएका नेपाली श्रमिकको खिल्ली उडाउँदै शुभकामना आदानप्रदान कार्यक्रमको मन्चबाट देशकै जिम्मेवारी पदमा बसेका पूर्व उधोग मन्त्री तथा रौतहट क्षेत्र नं १ का सांसद अनिलकुमार झाले ती बिदेश गएको युवाहरूको श्रीमतीलाई खुल्याम सार्वजनिक स्थलबाट गैर पुरूषसँग वैश्या बृद्धि जस्तो कार्य गरि आफ्नो श्रीमानलाई छाडेर पठाएको पैसा लिएर भाग्छन त्यस्तै स्थानीय सरकारको रबैया रहेको बताए ।” सांसद अनिल झाको उक्त अभिव्यक्तिको कडा निन्दा एवं प्रतिवाद गर्दै “जनतान्त्रिक तराई मुक्ति मोर्चा” का केन्द्रिय सदस्य “श्रीमती सबिता यादव” ले आफ्नो समाजिक संजाल मार्फत यसो भन्नुभयो, “तपाइ सत्ता मा बसेर आफ्नो पद र पावरको दम्भमा रुमलिएर गल्त शब्द र भाषा/शैली प्रयोग नगर्नु होस । हाम्रो समाजमा घर परीवार देखि समाजसम्म महीलाहरुलाई संघर्ष गर्नु परीरहेको हो त्यो सायद तपाइले देखनु भएको छैन सायद, कि क्या हो ?, आम महिलाहरुका चरित्र-हत्या गर्ने अधिकार तपाइलाई कस्ले दियो ? तपाईको उक्त एकदमै निन्दनीय, आपत्तिजनक, निकृष्ट, अमानवीय अभिव्यक्तिको म एउटा संघर्षशील एवं जागरूक चेतनशील महीलाको नाताले घोर निन्दा एवं भत्सर्ना गर्दछु ।
समय मै आफ्नो सोंच र मनोवृत्ति परीवर्तन गर्नुस् र महिलाहरुलाई इज्जत गर्न सिक्नुस । किनकि तपाईको धर-परिवारमा पनि अवश्य नै कुनै न कुनै रुपमा महिला होला चाहे ती तपाई को आमा, श्रीमती, बहीनी र छोरी किन न होस् । तत्काल सार्वजनिक रुप मै माफी माग्नुस । र नवगठित जनता समाजवादी पार्टीले तत्काल महिलाहरु प्रतिको आफ्नो आधिकारिक धारणा सार्वजनिक गरोस र आफ्नो सांसद अनिल झा माथि कडा भन्दा कडा कार्यवाही गरोस !” उक्त कार्यक्रममा संघीय संसद र प्रदेश सभाका अन्य सांसदहरु लगायत जनता समाजवादी पार्टीका जिल्ला एवं केन्द्र स्तरका थुप्रै नेताहरु उपस्थित थिए ।
Discussion about this post