दोलखा । दोलखाको वैत्यश्वर गाउँपालिकाले प्राकृतिक, धार्मिक र पुरातात्विक महत्व बोकेका ३४ स्थानको पहिचान गरी वैत्यश्वर मन्दिरलगायत चैत्य, मठ, मन्दिर र गुम्बा निर्माण शुरु गरेको छ ।
हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको बाँकी कार्य भइरहेको जनाइएको छ । गत आवमा रु ७० लाख र यस आवमा रु ४१ लाख बजेट गाउँपालिकाले विनियोजन गरेकामा सोहीअनुसार काम अघि बढेको गाउँपालिकाका उपाध्यक्ष रवीचन्द्र आचार्यले बताए ।
दोलखा सदरमुकाम चरीकोटबाट करिब २७ बिलोमिटरको दूरीमा पर्ने यो मन्दिरमा अहिले पर्यटकको भीड लागेको छ ।
Discussion about this post