MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

अनुगमनका नाममा व्यवसायीहरुलाई त्रसित बनाएको आरोप : साह

मधेशटप by मधेशटप
२०८१ कार्तिक १०, शनिबार २१:५३
0
अनुगमनका नाममा व्यवसायीहरुलाई त्रसित बनाएको आरोप :  साह

बोदे बर्साईन । कर संकलनको लक्ष्य प्राप्त गर्नका लागि गरिएको बजार अनुगमनले स्थानीय ब्यापारीहरूलाई त्रसित बनाएको छ। बोदे बर्साईन नगर ब्यापार समितिको समन्वयमा शुक्रबार आयोजित एक अन्तरक्रिया तथा आपसी छलफल कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको अध्यक्षता बोदे बर्साईन नगर ब्यापार समिति बोदे बर्साईनका नगर अध्यक्ष देव नारायण साहले गर्नुभएकाे थियाे।

उहाँले नगरले २०७४ सालमै निर्धारण गरिएको कर प्रणाली लागू गरिएको जानकारी गराउँदै करको दायरा भने बढाइएको तर दरमा वृद्धि नगरिएको बताउनु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ सप्तरीका प्रतिनिधिहरूले अनुगमनका क्रममा निश्चित ब्यापारीहरूलाई लक्षित गरी गरिएको कारवाहीले व्यवसायीहरूलाई त्रसित बनाएको गुनासो गरे। संघका जिल्ला सदस्य सुरेन्द्र प्रसाद साहले भन्सार कार्यालय र प्रशासनको अनुगमन टोलीले ब्यापारीहरूलाई सुनुवाइ नगरी सटर बन्द गर्न बाध्य बनाएको बताउनु भयो । नगर ब्यापार समिति बोदे बर्साईनका सचिव अनिल प्रसाद सिंहले ब्यापारीहरूलाई तीन तहका सरकारले कर मागेर हैरान पारेको भन्दै अवैध सामान भित्र्याउनेहरूलाई रोक्न प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नु भयो ।

सचिव सिंहले अनुगमन गर्दा स्थानीय ब्यापार समिति तथा सप्तरी वाणिज्य संघका प्रतिनिधि वा सरोकारवालाहरूको सहभागीता आवश्यक रहेको बताउनु भयो । उहाँले कर संकलनको लक्ष्य प्राप्त गर्न दुई-तीन ब्यापारीलाई मात्र लक्षित गर्दा व्यवसाय विस्थापित हुने खतरा रहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयाे ।

कार्यक्रममा सहभागीहरूले अनुगमनका क्रममा नगरका सबै सरोकारवालाहरूको सहभागितामा काम गर्न माग गरे । व्यापारमा अनुगमनका नाममा त्रास फैलाउनुको सट्टा समाधानमुखी कार्यदिशा तय गर्न आवश्यक रहेको बताएका छन् ।

सप्तरी उधोग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालले बोर्डरमा व्यापक रुपमा भइरहेको तस्करीबारे पटक पटक सरोकारबालालाई जानकारी गराउँदा पनि सुनुवाई नभएको बताए । ‘तस्करीबारे मैले आफैं पनि पटक-पटक जानकारी गराएको छु तर सुनुवाई हुँदैन्, आफ्नो जिम्मेवारी पुरा नगर्ने अनि व्यवसायीको मात्रै दोष देखाएर कहाँ हुन्छ ?’

उनले व्यवसायीलाई पनि अवैध मालसमान नराख्न र स्वच्छ रुपमा व्यवसाय गर्न आग्रह गरे । ‘बजार मन्दी रहेका कारण तपाई (व्यवसायी) हरु समस्यामा हुनुहुन्छ, त्यो कुरा नकार्न सकिदैन तर कानूनको परिधिभित्र रहेर व्यवसाय गर्न आग्रह छ’, उनले भने । अध्यक्ष अग्रवालले प्रहरी प्रशासनलाई बजारको मन्दीले व्यवसाय धरासायी भइरहेको बेला अनाहकमा व्यवसायीलाई दुःख नदिन र अवैध व्यापारलाई निरुत्साहित गर्नुपर्ने सबैको दायित्व भए पनि बजार अनुगमनका नाममा वैध कारोबार गर्ने व्यापारीलाई दु:ख दिने काम बढी भएको भन्दै असन्तुष्टि जनाए । नेपालीहरूको चाडपर्व दशैं , दिपावली शुरू हुन लाग्दा बजारमा अनुगमनका निकायले व्यवसायीलाई आतंकित बनाएको आरोप अध्यक्ष अग्रवालले लगाए ।

‘हामी पनि व्यापारको आवरणमा अवैध कारोबार र अवाञ्छित गतिविधि नहोस् भन्ने पक्षमा छौं । अनधिकृत काम गर्ने र उपभोक्तालाई हानि पुर्‍याउनेलाई कारबाहीको दायरामा ल्याउनैपर्छ । तर, यसो भनिरहँदा वैध व्यापार गर्नेहरूको सामान्य कमजोरी कोट्याएर हजारौं रुपैयाँ जरीवाना तिराउनु ठीक होइन,’ अग्रवालले भने ।

बजार अनुगमनको नाममा अनेक थरीका निकाय र अधिकारवादीले अराजकता मच्चाएको भन्दै उनले यसो गर्न स्थानीय जिल्ला प्रशासन र प्रहरीका अधिकारीहरूको ध्यानाकर्षण गराए ।

Previous Post

शिक्षा विना कुनैपनि समुदायको विकास असम्भव : पूर्वमन्त्री साह

Next Post

मृतक परिवारलाई आर्थिक सहयोग

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८१ कार्तिक १०, शनिबार २१:५३
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८१ कार्तिक १०, शनिबार २१:५३
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८१ कार्तिक १०, शनिबार २१:५३
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८१ कार्तिक १०, शनिबार २१:५३
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८१ कार्तिक १०, शनिबार २१:५३
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८१ कार्तिक १०, शनिबार २१:५३

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति