MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

मिथिला क्षेत्रमा पूर्णिमाका दिन ‘चुमाउन’ विधि सम्पन्न

मधेशटप by मधेशटप
२०७७ कार्तिक १५, शनिबार १५:२५
0
मिथिला क्षेत्रमा पूर्णिमाका दिन ‘चुमाउन’ विधि सम्पन्न

महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा कोजाग्रत पूर्णिमाका दिन शुक्रबार राति नवविवाहित दम्पतीबीच ‘चुमाउन’ विधि सम्पन्न गरिएको छ ।

मिथिलामा विवाह भएपछिको पहिलो कोजाग्रत पूर्णिमाका दिन नवदम्पतीको ‘चुमाउन’ विधि गरिने परम्पराअनुसार गएराति यो विधि सम्पन्न गरिएको हो ।

मिथिला क्षेत्रमा खासगरी मैथिल ब्राह्मणहरुमा प्रत्येक दुई कोजाग्रत पूर्णिमाका बीच विवाह भएका जोडीबीच यो विधि मनाउने परम्परा रहेको छ । यद्यपि कायस्थ र सोनार जातिमा पनि यो विधिको प्रचलन छ । यस विधिका लागि बधु पक्ष (दुलहीका माइती)ले बस्त्रआभूषण, मिष्टान्न खाद्य परिकार लिएर दुलाहाका घर आउने चलन छ । विधिमा दुलाहा–दुलहीलाई नयाँ बस्त्र आभूषण पहिर्याउने, दुलाहाका पक्षधरलाई मिष्टान्न भोजन गराउने परम्परा रहेअनुसार यो विधि सम्पन्न गरिएको महोत्तरीको भङ्गाहा नगरपालिका–४ का मैथिल ब्राह्मण चन्द्रकान्त झाले बताए ।

चुमाउन विधिमा दुलहीका माइतीले बस्त्र आभूषण, थरिथरिका मिष्टान्न परिकार, मौसमअनुसारका फलपूmल र दहीका बेग्लाबेग्लै भार (सोली) भेटका लागि ल्याउनुपर्ने चलन छ । दुलाहा–दुलहीमात्र नभई दुलाहाका बाबु–आमा, दिदी–बहिनी र अन्य आफन्तलाई समेत बस्त्र आभूषण पहिर्याएर भोजन गराउनुपर्ने भएकाले यो विधि अब महँगो र झन्झटिलो बन्दै गएको टिप्पणी नयाँ पुस्ताका युवाले गर्न थालेका छन् ।

विधिमा खर्च जति दुलहीका माइती पक्षकाले गर्नुपर्ने र आमन्त्रित पाहुनाको खटनपटन दुलाहा पक्षकाले गर्ने हुँदा यो विधि महँगो हुँदै गएको महोत्तरीकै बर्दिवास नगरपालिका–२ का ३० वर्षीय युवा जितेन्द्र झाले बताए । विगतमा सम्बन्ध गाँसेका दुवै पक्षका आफन्तबीच चिनजान बढाउने, आत्मीयता बढाउने र दशैँ पर्व सम्पन्न गरिएको खुसी बाँड्ने उद्देश्यले शुरु गरिएको यो विधिमा सामान्य रुपमा बरबधुलाई धोती फेराउने, पान मखान (पानीमा फल्ने तराईको फलविशेष) प्रसादस्वरुप खुवाउने परम्परा रहेको पाका मैथिल बताउँछन् ।

तर पछिल्ला केही दशकयता ‘चुमाउन’मा दुलहा पक्षले सयौँ आफन्त बोलाएर रवाफ देखाउने, दुलहीपक्षसँग खासखास आभूषणको माग गर्ने विकृति बढेपछि यो विधि विवाहजस्तै खर्चिलो हुने गरेको नयाँ पुस्ताका युवाको टिप्पणी छ । ‘‘बाबु पुर्खाले राम्रो उद्देश्यले शुुरु गरेका ‘चुमाउन’ पछिल्लो एक दशकयता दाइजोको रुपमा फेरिएको छ’’, महोत्तरीकै सम्सी गाउँपालिकाको गेढाभेट्पुरका मैथिल ब्राह्मण ३५ वर्षीय आलोक झाले भने, ‘‘यो रवाफिलो बन्दै गएको विधिलाई अब बाबु पुर्खाले गर्ने गरेका सामान्य रुपमा फेर्न आवश्यक छ ।’’

चुमाउन विधिमा बढेको खर्च र रवाफिलो तडकभडक नियन्त्रण गरिनुपर्ने युवा पुस्ताको विचारमा मिथिला क्षेत्रका बुद्घिजीवी पनि सहमत देखिएका छन् । “यो पर्व आफन्तहरुबीच आत्मीयता बढाउन, परिचय विस्तार गर्न र योसँगै मखान पान खानेगरि शुरु गरिएको हो”, प्रेस स्वतन्त्रता सेनानी रहनुभएका महोत्तरीकै जलेश्वर नगरपालिकाको परिकौलीका बासिन्दा मैथिल ब्राह्मण जातिका कुँवरकान्त झाले भने, “तर अब त यो आडम्वर, रवाफ र अहङ्कार प्रदर्शनमा पुगेको छ, यसलाई सरलीकृत गर्न युवा पुस्ताले पहलकदमी लिनुपर्छ ।”

चुमाउन विधिको महत्व यसको सरलतामा बढ्ने भएकाले पर्वविशेषमा तडकभडक त्याग्नुपर्नेमा वुुद्धिजीवीसँगै नयाँ पुस्ता पनि सहमत हुँदै गएको देखिएका छन् ।

Previous Post

नेयमारलाई फिट हुन केही साता लाग्ने

Next Post

विज्ञापनको कर नतिरेको भन्दै होडिङ बोर्ड हटाउन शुरु

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ कार्तिक १५, शनिबार १५:२५
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ कार्तिक १५, शनिबार १५:२५
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ कार्तिक १५, शनिबार १५:२५
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ कार्तिक १५, शनिबार १५:२५
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ कार्तिक १५, शनिबार १५:२५
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ कार्तिक १५, शनिबार १५:२५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति