काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ललितपुरको गोदावरी पुगेका छन् ।

गोदावरीमा निर्माण भइरहेको ३ हजार सिट क्षमताको सभाहल निरीक्षणका लागि प्रधानमन्त्री ओली त्यहाँ गएको स्रोतले जनाएको छ ।

पछिल्लो समय प्रधानमन्त्री ओली औपचारिक कार्यक्रमका लागि धेरै बाहिर निस्किएका थिएनन् । पार्टी भित्र थपिँदै गएको एक पछि अर्को विवाद समाधानका लागि भन्दै छलफलका लागि बालुवाटारमा नै धेरै समय व्यतित गरिरहेका छन् ।

प्रतिक्रिया!!

सम्बन्धित खबर