जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका मेयरसहित दुईजना विरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर भएको छ।
पत्रकार कुटपिट प्रकरणमा जनकपुरका तीनजना पत्रकारले मेयर लालकिशोर साह विरुद्ध आइतबार संयुक्त रूपले मुद्दा दर्ता गरेका हुन्।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, अमरकान्त ठाकुर र विकास साहले मेयर साह र उपमहानगरपालिकाका चालक गंगा मण्डलविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएका छन्।
गत पुष २२ गते कान्तिपुर टिभीका ठाकुर, एपी वानका साहसहितका पत्रकारहरू मेयर साहसँग जानकी मन्दिर फूलबारीसम्बन्धमा प्रतिक्रिया लिन पुग्दा कुटपिट भएको थियो। मेयर साहकै अगाडी उनको कार्यकक्षभित्र पत्रकाहरूमाथि कुटपिट भएको थियो।
पत्रकाहरूले लगाएको आरोप सावित भए दुई वर्षको जेल सजाय वा २० हजार रूपैयाँ जरिवान वा दुबै सजाय हुनसक्ने कानुनी व्यवस्था छ।
Discussion about this post