महोत्तरी : जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरको संसदीय बिकास कोषको रकममा व्यापक अनियमितता भएको पाईएको छ ।

महोत्तरीको क्षेत्र नं. ३ बाट निर्वाचित समाजवादी पार्टीका अध्यक्ष ठाकुरको संसदीय विकास कोषबाट पोखरी सौन्दर्यीकरणमा नाममा छुट्टयाईएको ५० लाख रकममा व्यापक अनियमितता भएको पाईएको हो ।

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ५ बेहडा गाउँमा रहेको साहुजी पोखरी निर्माण तथा जिर्णोद्धारका लागि सांसद ठाकुरको संसदिय विकास कोषबाट छुट्टयाईएको ५० लाख कामै नगरी भुक्तानी गरिएको पाईएको छ ।

गत आर्थिक वर्ष २०७६÷०७६ मा पोखरी सौन्दर्यीकरण तथा जिर्णोद्धारका लागि गाउँपालिकाले १० लाख ५० हजारको खर्चमा डिपिआर तयार गरी थालिएको काम पुरा नहुँदै भुक्तानी दिईएको छ ।

साहुजी पोखरी निर्माण तथा जिर्णोद्धारका लागि एकडारा गाउँपालिकाले गत अषाढको भारी वर्षातमा राज ईन्टरप्राईजेज जलेश्वरलाई २० दिनमा काम सक्ने गरी ठेक्का कबोल गरेको थियो ।