सिरहा । बैज्ञानिक खेतीपातीको लागि प्रदेश २ सरकारले कृषि पाठशालाको निर्माण गर्नलागेको भुमि व्यवस्था तथा कृषि सहकारी मंन्त्री शैलेन्द्र प्रसाद साहले बताएका छन । लाहान- २२ स्थित सिसबोनीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेश २ लाई अर्गानिक प्रदेशको रुपमा पहिचान स्थापित गर्ने जिकिर गरे । प्रदेश सरकार माटो परिक्षणको ब्यवस्था प्रत्येक पालिकाको माध्यमबाट गर्ने तयारी गरिसकेको जानकारी दिए ।
मन्त्री साहको अनुसार सरकारले ११४ वटा नदिको निरीक्षण गरिसकेको छ । केहि नदिहरुमा वर्षभरी पानी उपलब्ध हुनेहुँदा सिचाईको आवस्यक प्रक्रिया अगाडि बढिसकेको छ । त्यसैगरी हुलाकी लोकमार्गको ठाउँ ठाउँमा चिस्यान केन्द्र तथा दुध संकलन केन्द्र स्थापना गरि प्रत्येक लिटरमा किसानलाई प्रदेश सरकारले रु.२ रुपैया बोनस दिने योजना बनाएको मन्त्री साहले जानकारी दिए । किसानलाई खेतीयोग्य जमिन र बिना ब्याज ऋण उपलब्ध गराउने तयारी समेत भईरहेको उनले स्पष्ट पारे । जसपाका केन्द्रिय सदस्य राकेश झाले भने ‘जनता समाजवादी पार्टी बैकल्पिक शक्तिको रुपमा उदय भएपछि प्रतिक्रियावादीहरुको निन्द्रा खल्बल्याएको छ । हामी अझ उर्जाको साथ संगठित हुन जरुरी छ ।
नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताले लाहानको भुमिबाट उत्पन्न मधेश आन्दोलन र उपलब्धि संस्थागत गरिरहदा लाहानलाई नै बिर्सनु दु:खद भएको गुनासो गरे । गुप्ताको अनुसार देशलाई संघियता दिएको लाहानलाई बिर्सनु मधेश प्रतिको बेईमानी हो ।
लहान- ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ताले ‘नेकपा र नेपाली काङ्ग्रेसले जनतालाई ठगीरहेको भन्दै देश निर्माणमा अब जसपाले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।’ गुप्ताको अनुसार संघियता धरासायी गर्ने षड्यन्त्र भईरहेकोले जसपाले अब निर्णायक कदम चाल्नु पर्छ ।
जसपाका सिरहा जिल्ला सदस्य राम चलितर महतोले भने ‘नेपाली काङ्ग्रेस र नेकपाले जनताको आँखामा छारो हाल्ने काम गर्यो तर अब जनता जागरुक भईसक्यो । आउने दिनमा जनता समाजवादी पार्टी देशको ठुलो र प्रमुख पार्टी बन्नलाई कसैले रोक्न सक्दैन ।’महतोले लाहान-२२का थारु समुदायलाई जसपामा आफ्नो अस्तित्व खोज्न आग्रह समेत गरे ।
जसपाले गर्दा संघियता टिकेको भन्दै कसैको बहकाबमा नआउन समाजवादी बिद्यार्थी नेपाल प्रदेश नम्बर २ को अध्यक्ष दिपेश कुमार यादवले स्थानीयलाइ आग्रह गरे ।
Discussion about this post