जनकपुरधाम : जनतालाई छिटो सेवा प्रवाहका निमित्त शहिदनगर नगरपालिका हरवाडामा स्वास्थ्य चौकी र वडा कार्यालयको समुद्घाटन गरिएको छ । धनुषाको शहिदनगर नगरपालिका ६ हरवाडामा एक्कैपटक स्वास्थ्य चौकी र वडा कार्यालयको समुद्घाटन गरिएको हो ।
समुद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य श्रवण यादव बरबरिया (जीवन)ले पार्र्टी एकता संकटमा पर्नु दुःखद भएको बताए । उनले भने, ‘हामीले पार्टी एकता नचाहेको बेला पार्टी एकता भयो, अब पार्टी एकता दिर्घकालिन चाहन्छौं, तर सोचजस्तो परिस्थिति छैन् ।’ उनले समाजमा शिक्षा, स्वास्थ्य, सिंचाई, सडक जस्ता भौतिक तथा बौद्धिक पूर्वाधारले समाजको बिकासमा अथक योगदान पुर्याउने बताए । उनले भने, ‘समाजको बिकास भए, गाउँ र नगर हुँदै देशको बिकास हुने भएकोले गाउँ र टोल स्तरबाट बिकास मुल फुटाउन आवश्यक छ ।’
हरवाडामा स्वास्थ्य चौकी र वडा कार्यालयको उद्घाटन गर्दै शहिदनगर नगरपालिकाका मेयर उदय कुमार यादव बररियाले लामो समयदेखि स्थानीय तह जनप्रतिनिधि बिहिन रहेको अवस्थामा लथालिङ्ग अवस्थाबाट उठाउन समय लागेको बताए । उनले भने, ‘नगरको प्रत्येक वडा-वडा र टोल-टोलमा बिकासको मुल फुटिसकेको छ, बिकास यत्रतत्र सर्वत्र जारी छ, तर यतिले मात्र पुग्दैन, समृद्ध नगरका लागि आवश्यक सबै पहल कदमी लिएका छौं, संघीय सरकारबाट चाहिएको आवश्यक सहयोग लिई समृद्धिको दिशामा अघि बढदैछौं ।’
Discussion about this post