जनकपुरधाम ,(मधेश टप) : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि कोरोना संक्रमित बनेको हल्ला चलेको छ । तर हल्ला सही नरहेको दावी गरिएको छ ।
मुख्यमन्त्री राउतको कोरोना रिपोर्ट पोजेटिभ नआएको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुुन मन्त्री ज्ञानेन्द्र यादवले दावी गरेका छन् । उनले टुडेखोजसँग भने, ‘उहाँ (मुख्यमन्त्री) विरामी पर्नुभएको हो । तर कोरोना रिपोर्ट भने पोजेटिभ आएका छैन ।’राउतका प्रेस संयोजक आतिश मिश्रले पनि कोरोना रिपोर्टबारे अनभिज्ञता जनाए । उनले भने, ‘मुख्यमन्त्री ज्यू निवासमै ३/४ दिनदेखि बस्नुभएको छ । अहिले स्वास्थ्यमा सुधार आएको छ । तर कोरोना संक्रमित भएको कुरा मलाई थाहा भएन ।’
मुख्यमन्त्री राउतले केहि दिनदेखि सार्वजनिक कार्यक्रममा देखिएका छैन । जसका कारण अनेक टिकाटिप्पणी भइरहेको छ । तर मुख्यमन्त्री राउतले स्वयंम केहि प्रतिक्रिया जनाएका छैन ।
Discussion about this post