काठमाडौँ : “राज-संस्था एवं वैदिक सनातन हिन्दु-राष्ट्र पुनःस्थापना” सहितको विविध मागहरु राखी चरणबद्ध आन्दोलनरत एवं “राष्ट्रिय नागरिक आन्दोलन” को तैयारीमा जुटेका जनतान्त्रिक तराई मुक्ति मोर्चाले आफनो संगठनलाई दुर्तगतिमा विस्तार गर्दै लगेको देखिन्छ । आज मोर्चाका राष्ट्रिय अध्यक्ष एवं मोर्चा कै नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन एवं #राष्ट्रबचाउअभियान का राष्ट्रिय संयोजक डा मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) आज एक प्रेस वक्तव्य जारी गर्दै भन्नुभएको छ कि, मोर्चाको केन्द्रीय सदस्य दानी सिंह जीको विशेष उपस्थितिमा आज सर्लाही जिल्ला जनपरिचालन समिति विस्तार गरिनुको साथसाथै सर्लाही जिल्लाको सुदामा गाउँपालिकामा “जनतान्त्रिक तराई मुक्ति मोर्चा” को जनपरिचालन समिति गठन गरियो ! जसमा प्रसान्त सिंह, बालकृष्ण सिंह, राजकिशोर दास, मनोज कुमार सिंह, मुकेश दास, हिमान्शु सिंह, धिरज सिंह, अजय कुशवाहा, अनिल सोनार, ललित कुशवाहा, शम्भु राय/यादव, अनिल साह, बिजय राम, बिजय सिंह, साहेव सिंह, उमेश मण्डल, चन्देश्वर राय/यादव, उदय सिंह, अंगज दास, विक्रम साह, रामानन्द बैठा, हरिष महतो, मुकेश दास, बिलटु मण्डल लगायत ५०० जना भन्दा बडी विभिन्न ब्याक्तित्वहरु सक्रिय राजनीति एवं
#राष्ट्रबचाउअभियान अभियानमा सक्रिय भई “राज संस्था सहित धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापनामा” को महान उद्देश्यमा हातेमालो गर्ने वचनवद्धता ब्यक्त गर्नु भो । उक्त महान कार्यमा समर्पित हुने सम्पूर्ण सह-योद्धा क्रान्तिकारीहरुलाई सु-स्वागतम, बधाई एवं सफल कार्यकालको शुभकामना ।
Discussion about this post