MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

हुलाकी सडकको निर्माण काम तीव्र, १२ किलोमिटर सडकमा कालोपत्र

हुलाकी सडकको निर्माण

मधेशटप by मधेशटप
२०७७ कार्तिक २०, बिहीबार १८:५७
0
हुलाकी सडकको निर्माण काम तीव्र, १२ किलोमिटर सडकमा कालोपत्र

हुलाकी सडकको निर्माण काम तीव्र, १२ किलोमिटर सडकमा कालोपत्र

लहान, २० कात्तिक (मधेश टप):- पूर्वपश्चिम हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीखण्डमा निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । पूर्वमा सप्तरी सदरमुकाम राजविराजदेखि पश्चिममा सिरहा बजारसम्म करिब ५४ किलोमिटरको उक्त सडकखण्डमा पुलसँगै सडक निर्माणको काम तीव्र रुपमा भइरहेको छ । पूर्वमा राजविराजदेखि पश्चिममा बलानसम्मको सप्तरी खण्डमा करिब १२ किलोमिटर सडक कालोपत्र गरिसकेको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका कन्ट्याक्ट म्यानेजर कमल प्रसाद यादवले जानकारी दिनुभयो ।

बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको उहाँको भनाइ छ । उहाँका अनुसार करिब २५ किलो मिटरको सो सडकखण्डमा अहिले ११ वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

डिभिएम सात मिटर र दुबै छेउको सोलजर दुई÷दुई मिटर गरी ११ मिटरको सडक निर्माण भइरहेको छ । विसं २०७७ असार मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्षय लिएको भएपनि सडक निर्माणका क्रममा विभिन्न स्थानमा स्थानीयवासीले जग्गा विवादलाई लिएर अदालतमा मुद्दा हालेको र समयमा पुलहरु निर्माण नहुँदा काम अपेक्षाकृत रुपमा अघि बढाउन नसकिरहेको म्यानेजर यादवको भनाइ छ । यस्तै पूर्वमा बलानदेखि पश्चिममा सिरहा बजारसम्मको २९ किलोमिटर सडकमा समेत निर्माणको काम तीव्र गतिमा भइरहेको छ । सो सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै सकिने गरी काम तीव्र गतिमा अगाडि बढाएको बताएको छ ।

दुई लेनको उक्त सडक कालोपत्र गर्न रु. एक अर्व २० करोड २० लाखमा सम्झौता भएको ठेक्केदार कम्पनीका इन्जिनीयर चन्द्र यादवले जानकारी दिनुभयो । तीन वर्षभित्र काम सकिने गरि सम्झौता भएको र हालसम्म करिब ५५ प्रतिशत कार्य सम्पन्न भइसकेको उहाँको भनाइ छ । तराई मधेशकै विकासको मेरुदण्डको रुपमा लिएको हुलाकी सडकको निर्माणको काम शुरु भएपछि यस भेगका सर्वसाधारणसमेत खुशी भएका छन् ।

हुलाकी सडक निर्माण भएपछि मधेशको विकासले गति लिनुका साथै हजारौं युवाको रोजगारीको अवसर सिर्जना हुने स्थानीयवासीको दाबी छ । हुलाकी सडक जीर्ण हुदाँ सर्वसाधारण सास्ती व्होर्दै आएका थिए । सडक निर्माण भएपछि सहज रुपमै सदरमुकामसम्म पुग्न सकिने स्थानीयवासीको भनाइ छ ।

Previous Post

आज थपिए ३,०५१ संक्रमित, ३,४३० जना डिस्चार्ज; कोरोना अपडेट

Next Post

श्रीमान्को हत्या आरोपमा श्रीमती पक्राउ

Related Posts

पाचौं मेयर गोल्डकपको उपाधिमाथि झुम्का सुनसरीको कब्जा
अन्य

पाचौं मेयर गोल्डकपको उपाधिमाथि झुम्का सुनसरीको कब्जा

२०७७ कार्तिक २०, बिहीबार १८:५७
संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न
अन्य

संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न

२०७७ कार्तिक २०, बिहीबार १८:५७
चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो
अन्य

चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

२०७७ कार्तिक २०, बिहीबार १८:५७
संरचना हटाइयो
अन्य

संरचना हटाइयो

२०७७ कार्तिक २०, बिहीबार १८:५७
महोत्तरीको पिपरा गाउँपालिकाले एक वर्षमै अनुगमन भत्ताको नामा बाँडे झण्डै २६ लाख
अन्य

पिपराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झासहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०७७ कार्तिक २०, बिहीबार १८:५७
सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका
अन्य

सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका

२०७७ कार्तिक २०, बिहीबार १८:५७

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति