परासी, २६ कात्तिक (मधेश टप) : लुम्बिनी प्रदेशअन्र्तगतको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को आफ्नै कार्यालय भवन निर्माण सुुरु भएको छ । प्रदेश सरकारको रु २ करोड ६३ लाखको लागतमा सुनवल नगरपालिका–१२ फरौलीमा भवन निर्माण गर्न लागिएको हो ।
भवनको आज लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले शिलान्यास गर्नुभयो । मन्त्री चौधरीले समृद्ध प्रदेश निर्माणका लागि कृषि क्षेत्रको विकास अत्यावश्यक भएकाले प्रदेश सरकारले सिँचाईलाई समेत उच्च प्राथमिकता दिएको बताउनुभयो । प्रदेश सरकार स्थापना हुँदा प्रदेशभर ५० प्रतिशत सिँचाई सुविधा पुगेकोमा पाँच वर्ष भित्रमा ७० प्रतिशत सुविधा पु¥याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । पश्चिम नवलपरासीमा पनि सिँचाई आयोजना, भूमिगत जलस्रोत परियोजना, डिप ट्युबेल, नदी नियन्त्रण गरी रु २५ करोडका सिँचाइ योजनाहरुमा प्रदेश सरकारले लगानी गरेको मन्त्री चौधरीले जानकारी दिनुभयो ।
शहरी विकास तथा भवन कार्यालय रुपन्देहीको डिजाईन तथा सुपरिवेक्षणमा निर्माण गर्न लागिएको उक्त अपाङ्गमैत्री भवन दुई वर्षमा निर्माण सम्पन्न हुनेछ । बाबुल निर्माण सेवा रुपन्देहीले निर्माणको जिम्मा पाएको उक्त कार्यालय भवन आवास र प्रशासनिक गरी तीन तले रहेको शहरी विकास तथा भवन कार्यालय रुपन्देहीका प्रमुख गोविन्द गौतमले राससलाई जानकारी दिनुभयो । देउसी भैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले कोभिड–१९ को जोखि भएकाले यस वर्षको तिहारमा देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ ।
कोराना भाइरस सङ्क्रमण फैलिने जोखिम रहेको भन्दै तिहारको समयमा देउसी भैलो खेल्ने, भीड जम्मा गरी नाचगान गर्ने, मेला महोत्सवलगायत नगर्न प्रशासन कार्यालयले आग्रह गरेको हो । आफू र आफ्नो परिवारसँगै तिहार मनाउन र विगतमा जस्तो आफन्तकोमा जाने, भीड गर्ने काम नगर्न प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले आग्रह गर्नुभयो ।
Discussion about this post