MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

सुदूरपश्चिमकै प्रसिद्ध बडिकेदार मेला नहुने

बडिकेदार मेला नहुने

मधेशटप by मधेशटप
२०७७ कार्तिक २८, शुक्रबार ११:२८
0
सुदूरपश्चिमकै प्रसिद्ध बडिकेदार मेला नहुने

सुदूरपश्चिमकै प्रसिद्ध बडिकेदार मेला नहुने

डोटी, २८ कात्तिक (मधेश टप):- सुदूरपश्चिम प्रदेशकै ठूलो तथा अति नै महत्व राख्ने बडिकेदार मेला यो वर्ष नहुने भएको छ । भक्तजनको मनकामना पूरा गर्ने भन्दै निकै चर्चामा रहेको बडिकेदार गाउँपालिकामा पर्ने उक्त मेला कोरोना सङ्क्रमणका कारण नहुने भएको हो । मनले मागेको वर प्रदान हुने विश्वासका कारण उक्त मेलामा देशका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतबाट समेत बर्सेनि भक्तजनहरु दर्शन गर्न तथा आफ्नो भाकल गर्न आउने गरेका छन् ।

बडिकेदार–५ को उच्च लेकाली डाँडामा तिहारपछि उक्त मेला लाग्ने गर्दछ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि बडिकेदार गाउँपालिकाले आफ्नो गाउँपालिकाभर यो वर्ष मेला पर्व नगर्ने निर्णय गरेको छ । गाउँपालिकाले तिहारको देउसीभैलोदेखि ठूला मेलापर्वहरु नमनाउन तथा त्यस्ता मेलामा नजान स्थानीयवासीलाई आग्रह गरेको छ ।

गाउँपालिकाले एक सूचना प्रकाशित गरी गाउँपालिकाभित्र मनाइने प्रसिद्ध बडिकेदार मेला, अलाणी मेला, धिर्काणी मेलालगायतका मेलापर्व मनाउन रोक लगाइएको जनाएको छ । यहाँ आयोजना हुने मेलापर्वमा तराई तथा भारतबाट पनि दर्शनार्थीहरु आउने तथा भिड बढी लाग्ने भएकाले कोरोना सङ्क्रमणको जोखिम बढी हुने भएकाले गाउँपालिकाभरमा हुने सबै मेलापर्व पूर्णरूपमा बन्द गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “बडिकेदार तथा धिर्काणी मेलामा भक्तजनको बढी भीड हुने भएकाले कोरोना जोखिम बढ्न सक्ने स्थितिलाई मध्यनजर गर्दै हामीले सबै मेला पर्व बन्द गराउने निर्णय गरेका छौँ, निर्णय पालना नगर्नेलाई कारवाही हुनेछ ।” गाउँपालिकामा मेला पर्व मनाउन रोक लगाइए पनि सामाजिक दूरी कायम गरी शक्तिपीठहरुमा पूजा पाठ गर्न भने रोक लगाइएको छैन ।

यसैगरी आगामी मङ्सिर १० गतेदेखि गाउँपालिकामा चल्ने अति आवश्यक बाहेकका सवारी साधनमा समेत रोक लगाउनने निर्णय गरिएको छ । जिल्लामा कोरोनाका कारण हालसम्म दुई जनाको मृत्यु भइसकेको छ भने सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि दुई हजारभन्दा बढी पुगेको जिल्ला अस्पताल डोटीले जनाएको छ ।

Previous Post

लमहीमा ४० करोड़ लागत ट्रमा सेन्टर बन्दै

Next Post

दिपावली तथा छठ पर्बको शुभकामना दिदै : मुख्यमन्त्री राउत

Related Posts

बडा दशैंको पाँचौं दिन आज स्कन्दमाताको पूजा गरिँदै
Banner News

बडा दशैंको पाँचौं दिन आज स्कन्दमाताको पूजा गरिँदै

२०७७ कार्तिक २८, शुक्रबार ११:२८
आज  दशैंको चौथो दिन : कुष्माण्डा भगवतीको पूजा गरिँदै
Banner News

बडा दशैंको चौंथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै

२०७७ कार्तिक २८, शुक्रबार ११:२८
बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा पूजा गरिँदै
Banner News

बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा पूजा गरिँदै

२०७७ कार्तिक २८, शुक्रबार ११:२८
महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना
Banner News

महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

२०७७ कार्तिक २८, शुक्रबार ११:२८
जनकपुरको राजदेवी मंदिरको विज्ञापन संयोजकमा गुप्ता चयन
Banner News

जनकपुरको राजदेवी मंदिरको विज्ञापन संयोजकमा गुप्ता चयन

२०७७ कार्तिक २८, शुक्रबार ११:२८
मिथिलामा मधुश्रावणी पर्वको रौनक
Banner News

मिथिलामा मधुश्रावणी पर्वको रौनक

२०७७ कार्तिक २८, शुक्रबार ११:२८

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति