५ कार्तिक २०८०, आईतवार
उमेश कुमार साह
सप्तरी । बडादसैँको आठौँ दिन आज (आइतबार) महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ ।
यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख छ । आज विभिन्न शक्तिपीठहरुमा भिड लाग्ने गर्छ । सप्तरी उपत्यकाभित्रका विभिन्न नगरपाकिका, गाउँपालिका लगायत स्थानीय तहका मन्दिरहरुमा पनि बलिसहित पूजा आजा गर्नेहरूको बिहानैदेखि भिड लाग्ने गर्छ ।
उपत्यकाभित्रका सप्तरीको छिन्नमस्ता भगवती, कन्कालनी भगवती लगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।
Discussion about this post