जनकपुरधाम : जनकपुरधाम उपमहागरपालिका वडा नं. २ का वडा अध्यक्ष सत्रुधन साहले वडाका गरिव विपन्न परिवारका पुरुषहरुलाई समेत छठमा लगाउन कपडा वितरण गरेको छ । केहि दिन पुर्व आर्थिक अभाव भएका वडाका गरिव विपन्न ब्रतालुहरुलाई साडी सहित पुजाका सरसमान वितरण गरेका उनले पुरुषलाई लगाउन पैन्ट सर्टको कपडा मात्र वितरण गरेनन सिलाएर नै दिएका छन् ।
अध्यक्ष साहले भने, ‘छठ पुजामा विपन्न घर परिवारका सवै खुसी होस भन्ने उद्देश्यले अभाव भएकाहरु परिवारका पुरुषलाई समेत नयाँ कपडा दिए यस्ले परिवारमा सवै सदस्य खुसी हुने भए ।’ केहि दिन आगडि अध्यक्ष साहले वडाका करिव चार सय ब्रतालुलाई साडी सहित पुजाका सरसमानहरु वितरण गरेका थिए ।
उनले भने, ‘अभाव भएकाहरुको विवरण लियौं र संगसंगै पैन्ट सर्टको नाप पनि, अनि सिलाएर प्रदान गरेका छौं ।’ कपडा वितरण कार्यक्रममा वडा सचिव बेचन झा सहितको उपस्थिती थियो । साथै धोती लाउने वृद्वहरुलाई धोती समेत प्रदान गरिएको छ ।
Discussion about this post