MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

आज देखि ‘सामा चकेवा’ का लागि मुर्ति बनाउने काम शुभारम्भ भयो

मधेशटप by मधेशटप
२०७७ मंसिर ४, बिहीबार १९:०७
0
आज देखि ‘सामा चकेवा’ का लागि मुर्ति बनाउने काम शुभारम्भ भयो

जनकपुरधाम । दाजुभाइ र दिदीबहिनीको प्रेमको प्रतीकका रूपमा मिथिलाञ्चलमा मनाइने गरिएको सांस्कृतिक पर्व सामाचकेवा आजदेखि शुभारम्भ भएको छ ।यो पर्वका लागि भ्रातृद्वितीयाका दिन ल्याइएका माटोको आज पञ्चमी तिथिअर्थात् छठ पर्वको खरनाको दिनमा सामा बनाएर पर्वको शुभारम्भ गरिएको हो । प्रत्येक दिन माटाका मूर्ति बनाएर कात्तिक पूर्णिमाको रात्रि सामाचकेवा पर्व विधिवतरूपमा सम्पन्न हुन्छ ।यो पर्व मिथिलानी र थारु समुदायका महिलाले मनाउने गर्छन् ।

ग्रामीण क्षेत्रमा अझै पनि यो पर्वको लोकप्रियता कायम छ भने तराईका शहरी क्षेत्रमा क्रमिकरूपमा यो पर्वप्रतिको आकर्षणमा कमी आएको महसुस गर्न थालिएको छ । काँचो माटोको बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेवा’ भनिन्छ ।भगवान् कृष्णकी सुपुत्रीको नाम सामा थियो । भगवान् कृष्णले आफ्नी छोरीलाई ‘चरा’ बन्ने श्राप दिएपछि पुनः मानव योनीमा फर्काउन सामाका भाइ साम्बले खेलेको भूमिकालाई स्मरण गर्दै यो पर्व मनाउने गरिएको हो । सामा वृन्दावनमा घुम्न जाँदा ऋषिसँग रमण गर्ने गरेको झुठो कुरा नोकरानी डिहुलीले कृष्णसमक्ष लगाइन् । डिहुलीको कुरा सुनेर भगवान् कृष्ण आवेशमा आएर सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिनुभयो ।

सामाका भाइ साम्बले यी विषयमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गर्नुभयो ।भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसको दाजुभाइ दीर्घायु हुने सामाले वरदान दिएकाले द्वापर कालदेखिनै यो पर्व मनाउन थालिएको भविष्यपुराणमा उल्लेख गरिएको छ ।यस पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको शुभारम्भ भएपछि सो दिन सिरी सामा, दोस्रो दिन चकेवाका साथै एक पातिमा बसेका सातवटा चरा बनाउँछन् ।

यसलाई ‘सतभैया’ भनिन्छ । त्यसपछि क्रमिकरूपमा खररुची भैया, बाटो बहिनो, दुई मुख भएका चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूर्ति बनाइन्छ । यसका साथै वृन्दावन जङ्गल, झुठो कुरा लगाउने चुगलखोरका साथै अन्य कलात्मक मूर्ति बनाइन्छ । बनाइएका ती मूर्तिलाई विभिन्न रङमा आकर्षक ढङ्गले रङ्ग्याउने कार्य गरिन्छ । यस पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशिष् दिने खालका सामा गीत गाउने गरिन्छ ।

सोही क्रममा आफूलाई चाहिएका सरसमान पनि गीतको माध्यमबाट सुनाउने प्रचलन रहेको छ । आफ्नो दाजुभाइको नामसहित गाइने गीतमा ठूलो मानिस बन्ने, विकासका कार्य गर्ने, समाजमा राम्रो काम गरेर नाम कमाउने खालका गीत मिथलानी महिलाहरु ले गाउने गर्छन् ।त्यसपछि, कात्तिक पूर्णिमाको मध्यरात्रिमा महिलाले दिदिबहिनी हरुले आ–आफ्ना घरबाट सामा बिदाइका पारम्परिक गीत गाउँदै चौबाटोमा भेला भएर पर्वको अन्तिम रूप दिने गर्छन्।

Previous Post

अक्षय कुमारद्वारा युट्युबरमाथि ५०० करोडको हिनामिनाको दर्ता

Next Post

इराकमा आज मात्रै २१ जनालाई दिइयो फाँसी

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७७ मंसिर ४, बिहीबार १९:०७
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर ४, बिहीबार १९:०७
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर ४, बिहीबार १९:०७
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर ४, बिहीबार १९:०७
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर ४, बिहीबार १९:०७
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर ४, बिहीबार १९:०७

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति