अर्थ राज
जनकपुरधाम । जनकपुरधामको पोखरीहरूमा बिहानैदेखि भीड लागेको छ । अस्ताउँदो सुर्यलाई अर्घदिनका लागि ऐतिहासिक गंगा सागर, धनुष सागर, अंगराज सरलगायतका पोखरीमा घुइचो लागेको देखिन्छ ।
विहिबार साँझ खरना समाप्त भएपछि रातिको २ बजे देखी नै पोखरीको घाटमा अर्घलग्न थालिएको हो । मिथिलाको नदी, तलाउ, पोखरीमा यति बेला भीड बढ्न थालेको छ . ब्रतालुहरू अर्घलाई सुरक्षित साथ राखेर चोखो भएर पुजा पाठ गरिरहेका छन् । जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, कामिनी सर, रत्नसागर, भुतहीलगायत पोखरीलाई नवदुलहीझैं सजाएर झकिझकाउ बनाइएको छ ।
दृश्य : अर्थ राज, जनकपुरधाम
Discussion about this post