जनकपुरधाम : जनकपुरधामलाई केन्द्र बनाएर थप एक ब्रोडसिट पत्रिका प्रकाशनमा आएको छ । करिव १६ वर्ष अघि दर्ता भएको ‘टुडे एक्सप्रेस’ राष्ट्रिय दैनिक ब्रोडसिटको रुपमा आज देखि विधिवत प्रकाशनमा आएको छ । रेडियो जनकपुर ९७ मेगाहर्ज परिवारले नै प्रकाशनमा ल्याएको सो अखवार रेडियोको १४ औं वार्षिकोत्सवको अवसरमा आज देखि विधिवत प्रकाशनमा ल्याएको छ ।
आज जनकपुरधाममा एक समारोहका बिच प्रदेश २ का आन्तिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, समाजिक विकास मन्त्री नवल किशोर साह, प्रदेश सांसद सत्रुधन महतो, रामचन्द्र मण्डल, नेकपा नेता रामचन्द्र झा, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह सहितकाले पत्रिकाको पहिलो ब्रोडसिट अंकको लोकापर्ण गरेका छन् ।
त्यसै गरि संघिय सरकारका सञ्चार सुचना तथा प्रविधी मन्त्री पार्वत गुरुङ्गले समेत सोहि समयमा काठमाण्डौंमा पत्रिकाको लोकापर्ण गरेका छन् । पत्रिका प्रदेश २ लाई केन्द्र बनाएर प्रकाशन हुने र दैनिक संघिय राजधानी सम्म पुग्ने पहिलो अखवार हुने दावी गरिएको छ । अखवार प्रकाशनको अवसरमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समेत शुभकामना व्यक्त गर्दै काठमाण्डौंमा पत्रिका पढेका छन् ।
त्रिकाका प्रकाशक तथा सम्पादक शितल साहले तत्काल पत्रिका काठमाण्डौवाट प्रकाशनमा ल्याएको र दैनिक काठमाण्डौंवाट प्रदेश २ सम्म सर्कुलेशन हुने बताए । समाजलाई जोडने सत्य सञ्चार नाराका साथ प्रकाशन थालिएको भन्दै साहले भने, ‘हामी सत्य समाचारलाई पहिलो प्राथमिकतामा राख्ने छौं र फरक प्रस्तुती हुने छ ।’
कार्यक्रममा उपस्थित अतिथिहरुका साथै मिनापका पुर्व अध्यक्ष शुनिल मल्लिक, नेपाल पत्रकार महासंघ धनुषाका सचिव पुरन साह सहितकाले पत्रिकाको उतरोतर प्रगतीको कामना गर्दै छव पर्वको शुभकामना समेत व्यक्त गरेका थिए ।
Discussion about this post