सिरहा : छठ घाटबाटै सिरहाको औरहीमा कटुवा पेस्तोल र गोलीसहित युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा औरही गाउँपालिका ५ का रबिन दास रहेका छन् । उनको संगबाट एक थान कटुवा पेस्तोल र २ थान गोली बरामद भएको प्रहरी चौकी औरहीले जनाएको छ ।

औरही प्रहरीले दासलाई अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाउन लागेको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर