दोहा कतार : विभिन्न उदेश्य का साथ स्थापित गरिएका नेपाल रजक सेवा समाज कतारको साधारण सभा तथा शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न गरेका छन। शनिबार दोहा कतारको एसियन टाउन स्थित ग्राण्ड मल्लमा बिभिन्न्न क्षेत्र बाट आएका नेपाल रजक सेवा समाज का बुद्धिजीवी , समाज सेवी तथा युवाहरु को सक्रिय उपस्थितिमा छठ पर्वको शुभकामना अदान प्रदान तथा विभिन्न बिषयहरु – समाज को सांगठनिक प्रक्रिया अन्तर्गत जिल्ला सम्मेलन तथा आर्थिक कोष सम्बन्धी छलफल गरेका छन।
बैठकमा सहभागी समाज सेवीहरुलाई नेपाल रजक सेवा समाज अंकित टि- शर्ट वितरणका साथै समाज भित्र विभिन्न किसिम का समस्या हरु:- दहेज प्रथा, बालविवाह , अशिक्षा तथा गरिबी निवारण जस्ता समस्याहरु प्रति लक्षित बिषयहरुमा समाज का सल्लाहकार अध्यक्ष उपाध्यक्ष महासचिव कोषाध्यक्ष लगायत बैठक मा उपस्थित सम्पुर्ण समाजसेवीहरु आ- आफ्नो धारणा राखेका थिए। सेवा नै धर्म हो मुल नाराका साथ सभामा उपस्थित भएका साथ साथै समाज को आर्थिक कोष, संगठन बिस्तार, अनुशासन र अगामी योजना सम्बन्धी छलफल गरि निर्णय समेत गरेको संचालक एव समाजका महासचिव नर्सिङ रजकले जानकारी दिनु भयो।
तपाईको प्रतिक्रिया !