जनकपुरधाम : आज प्रदेश स्तरीय भलिबल प्रतियोगिता उद्घाटन गरियो ।आज मिथिला बिहारी नगरपालिका स्थित कचूरी मेलामा आयोजक प्रदेश न. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेनन्द्र कुमार यादव द्वारा प्रदेश स्तरिय तेस्राे खुल्ला पुरुष भलिबल प्रतियोगिता उदघाटन भएको छ ।
प्रमुख मन्त्री यादव कार्यक्रम मा बोल्दै स्वास्थ का लागि खेलकुद राष्ट्का लागि खेलकुद शान्ति का लागि खेलकुद नाराको साथ युवा हरुलाई जगरुक्त भएको हो ।
मिथिला बिहारी ना.पा. ८ कचुरीमा झण्डा मेलाको उपलक्षयमा आयोजक आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयाेगमा प्रदेश स्तरिय तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता आज देखि सुरु भएका छन् । भलिबलको प्रथम पुरस्कार एक लाख राखिए को र दोस्रो पुरस्कार पचास हजार तथा तेस्रो पुरस्कार पचिस हजार राखेका छन ।
Discussion about this post