जनकपुरधाम : धनुषासहित तीनजना प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

आइतबार काठमाडौं, भक्तपुर र धनुषाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा कालि पराजुली, भक्तपुरमा प्रेमप्रसाद भट्टराई र धनुषामा बन्धु बास्तोलालाई सरुवा गरिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई गृहमन्त्रालय सरुवा गरिएको छ । प्रेमप्रसाद भट्टराई धनुषामा कार्यरत थिए ।

प्रतिक्रिया!!

सम्बन्धित खबर