महोत्तरी । बर्दिवास नगरपालिका(१४ मा ६ वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणपछि प्रदर्शनमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले गोली चलाएको छ।
बर्दिवास नगरपालिका(१४ की ६ वर्षीया गुलाव शाह खातुनको हत्याको विरोधमा जारी प्रदर्शनमा गोली चल्दा तिनजना घाइते भएका छन्।
प्रहरीले बालिका लाई आफनो नियन्त्रणमा लिन खागदा गोली चलाएको हो। साधरणत भीड नियन्त्रण गर्दा हवाई फाइर गर्नुपर्ने हुन्छ। तर प्रहरीले चलाएको गोली केही प्रदर्शनकारीको टाउ, छाति, घुडामै लागेको छ।
गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन्। गोली लागेर बर्दिवास नगरपालिका १ का ३७ वर्षीय सञ्जय न्यौपाने , बर्दिवास ५ को श्याम कार्की र अफताब आलम घाइते भएका हुन्।
न्यौपानेको तिघ्रामा एक राउड गोलि लागेको छ र आलमको टाउकोमा चोट लागेको छ। भने कार्कीलाई छाती, पाखुरा र हात गरि चार राउड गाली लागेको छ । बर्दिवासमा घाईतेहरुको उपचार सम्भव नभएपछि हेलिक्पटर वाट काठमान्डौ पठाएको बर्दिवास नगरपालिका का मेयर विदुर कुमार कार्कीले वताए ।
Discussion about this post