जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत जानकी मन्दिर परिसरमा जारी सौन्दर्यीकरण योजनाको स्थलगत निरीक्षण अवलोकन गर्नु भएको छ ।
प्रमुख सचिव अर्जुन पोखरेल सहितको टोली लिएर जानकी मन्दिर परिसर पुग्नु भएको मुख्यमन्त्री राउतले जारी सौन्दर्यीकरण योजनाको कार्य प्रगति बारे जानकारी समेत लिनु भएको छ ।
उहाँले सौन्दर्यीकरण सम्बन्धी निर्माण कार्य विवाहपञ्चमी महोत्सब अगावै पुरा गर्न निर्माण व्यवसायीलाई निर्देशन समेत दिनु भएको छ।
निरीक्षण टोलीमा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव यम भुषाल, डिभिजिनल इन्जिनियर भगवान झा सहितको सहभागिता रहेको थियो ।
Discussion about this post