- धर्मेन्द्र कुमार यादव
महोत्तरी : महोत्तरी जिल्लाको सम्सी गाउपालिकामा गुलबसा खातुनको हत्याको बिरोधमा बुधबार साझ चर्को नाराबाजी को साथै श्रधान्जलीमा कैण्डल मार्च निकालिएको छ। ललिगुरास युवा कल्व र सम्स युवा कल्व को आयोजनामा भएको कैण्डल मार्च गाउपालिका कार्यालय बाट सुरु भइ विभिन्न ठाउको परिक्रमा गरी सम्सी चौकमा पुगी कोन साभा गरेका थिए। कोन साभलाइ सम्बोधन गर्दै युवा नेता लालबाबु साहले भनु भयो कि जब सम्म नेपाल सरकारले बलात्कारी लाई कुनै ठोस सजायको प्रावधान संबिधानमा गर्दैन तब सम्म नेपालमा निर्मला देखि गुलबसा जस्ता चेली बेटीको बालात्कार गरि हत्या भइरहन्छ र सरकारले दोशी लाई सजाय को सट्टा संरक्षन दिइरहन्छ।
कोन साभामा बोल्दै सम्स युवा कल्ब का अध्यक्ष सहनबाज ले भनु भयो कि गुलबसालाइ हत्या गर्ने हत्यारा लाई कानुनी कार्यबायी नभए सम्म हामी विभिन्न किसिमको आन्दोलन गर्ने छु जस अनुसार बिहिबार बिहान आठ बजे देखी बेलुका छ बजे सम्म सम्सी मा सबौ पसल हरु बन्द गरि चक्का जाम गरिने छ। त्यस्तै कोन साभामा बोल्दै युवा राजेस कुमारले भनु भयो कि गुलबसा हत्याको बिषयमा केन्द्र सरकारले केही बोलेको छैन, केन्द्र सरकार नबोले पनि प्रदेश सरकारलाइ त आफ्नो धारना राख्नु परथ्यो, जति दोसी केन्द्र सरकार हो त्यस भन्दा बढी दोसी प्रदेश सरकार रहेको छ।
कार्यक्रमा एक युवाले भनु भयो कि प्रहरीको जुन नारा छ समाजमा कि ” प्रहरी मेरो साथी” प्रहरी ठिक उसको उल्टो चली रहेको छ, जसरी काठमाण्डौमा आन्दोलन हुदा पानी को फोहरा, पलास्टिकको गोली चलाइन्छ तर मधेषमा आन्दोलन हुदा प्रहरी मेरो साथी, गोली घुडा माथी चलाइरहेको छ। कैण्डल मार्चमा सम्सी गाउपालिकाका युवा, विद्यार्थी, शिक्षक, विभिन्न पार्टीका कार्यकर्ता लगायत लागभग तीन सय मानिसहरुको उपस्थिती रहेको थियो। कैण्डल मार्चको लाइभ प्रसारन महोत्तरी टुडेको पेजमा पत्रकार शुभम सिह राजपुतले गरेका थिए।
Discussion about this post