महोत्तरी : प्रदेश सरकारले महोत्तरीको मनरा सिस्वा नगरपालिका-७ झिंगाथान स्थित जङ्गहा खोलामा फाटक निर्माण गर्न लागेका छन् । किसानलाई सहजताको लागि मझौला सिचाइ योजना अन्तर्गत फाटक निर्माण हुने भएको हो ।
बुधबार प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले संयुक्त रुपमा स्थलगत अवलोकन गर्दै रु १ करोडको लागतमा फाटक निर्माण गर्ने जनाएको हो ।
भौतिक पुर्वाधार तथा विकास मन्त्रालयको बजेटबाट बन्न लागेको फाटक निमाणर्को तयारी धमाधम भइरहेको नेपालवाणीलाई जनाएको छ । यस्तै मनरा सिस्वा ७ कै पुवारी टोल अन्तरगत सोशौला टिकुलिया बजार जोड्ने सडकमा कालोपत्रे र जङ्गहा खोलामा पक्की पुल बनाउने मन्त्री सोनलले प्रतिबद्धता जनाएको हो ।
मानिसको जिवनसंग जोडिएको पुल निर्माण भएपछि वर्षातको समयको बिरामी, विद्यार्थी लगायतका व्यक्तिले सेवा सुविधाबाट बन्चित नहुने मन्त्री सोनलले बताए । अगामी वर्षको योजनामा पुल निर्माण योजनालाई समाबेश गर्ने उनको भनाई छ ।
निरीकक्षणकै क्रममा मनरा सिस्वा नगरपालिका ३ स्थित सन्तेश्वर महादेव मन्दिर समेत पुगेगा मन्त्री कुशवाहाले प्रदेश २ का एक चर्चित पर्यटक स्थलमा परिवर्तन गर्न आफु यहाँको विकासको लागि सधै अगाडी रहने प्रतिबद्धता जनाए ।
Discussion about this post