MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

फुटबलका भगवान अर्जेन्टिनी फुटबलर म्याराडोनाको

मधेशटप by मधेशटप
२०७७ मंसिर ११, बिहीबार ०१:३०
0

महान् अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो । दुई साताअघि साता मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । ६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट थियो ।

सफल शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए । अघिल्लो महिना मात्र ६०औं जन्मदिन मनाएका उनलाई क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना दिएका थिए ।

अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए । उक्त खेलमा उनले आफुलाई अस्वस्थ महसुस गर्दै चाँडै नै टचलाईन छाडेका थिए ।

यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा रहेका थिए । उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए । म्याराडोनाले ६०औं जन्म दिन समेत आइसोलेसनमा मनाएका थिए । म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।

डिएगो म्याराडोनालाई न कुनै परिचयको खाँचो छ न त कुनै उपमाको। आफैमा परिचय बनेको भव्य व्यक्तित्व र त्यसैमा समिटिएको स्वरुप। सम्झन चाहनेले स्नेहने सम्झिने अनि बिर्सन चाहने (सायद छैनन् कि) हरूले पनि भुलेर प्रेमले सम्झिने नाम हो, म्याराडोना। उनले विश्व फुटबलमा पाएको उचाइभन्दा अग्लो छ उनको सफलता। त्यति नै भयानक छ उनको दुःखद गहिराइ।

‘बोका जुनियर’मा सपना

उनी अर्जेन्टिनोस जुनियरका लागि छानिए। १२ वर्षको उमेरमा उनले अर्जेन्टिनाको पहिलो डिभिजनको खेलको हाफ टाइममा बलमा आफ्नो कला प्रस्तुत गरे।

म्याराडोनाले आफ्नो खेल जीवनमा व्यावसायिक करिअरको सुरूवात १६ औँ जन्मदिनको १० दिनअघि (२० अक्टोबर १९७६) अर्जेन्टिनोस जुनियरबाट गरे। १६ नम्बरको जर्सी लगाएर मैदान छिरेका म्याराडोनाले प्रिमियरा डिभिजनमा आफ्नो पहिलो गोल १४ नोभेम्बर १९७६ मा माप्र्लाटेनसी क्लबविरुद्ध गरे।

पाँच वर्ष (सन् १९७६ देखि १९८१ सम्म) अर्जेन्टिनोस जुनियरमा बिताएका उनले १ सय ६७ खेलमा १ सय १५ गोल गरे। त्यसपछि उनी ‘बोका जुनियर’मा अनुबन्धित भए। अरु क्लबले राम्रो रकमसहितको अफर गरे पनि म्याराडोना आफ्नो सपना पूरा गर्नका लागि बोका जुनियरतर्फ लागेका थिए। उनमा ‘बोका जुनियर’ क्लबबाट खेल्ने सपना लामो समयदेखि बाँचेको थियो।

म्याराडोनाले आफ्नो सपनाको क्लबबाट पहिलो खेलमै दुई गोल गरे। सबै भनेजस्तो जहिले हुँदैन, बोका जुनियरमा उनले राम्रो गरिरहेका थिए तर क्लबका प्रशिक्षक सिल्भिओ मार्जोलिनीसँग उनको सम्बन्ध सहज बन्न सकेन। त्यसो हुँदाहुँदै पनि बोकाले लिगको उपाधि जित्यो। उनले अर्जेन्टिनाको घरेलु लिगमा जितेको यो नै पहिलो र अन्तिम उपाधि बन्यो। म्याराडोना नामले त्यसैबेला नै देखिने आकार लियो।

यो पनि :

डिएगो आर्मैन्डो माराडोना (३० अक्टोबर १९६०मा लानुस, ब्यूनस आयर्स जन्म) अर्जेन्टीनाका एक पूर्व फुटबल खेलाडी हुन् । सधैँ चर्चामा र त्यसभन्दा पनि बढी त विवादमा रहनु सायद डिएगो अर्मान्डो म्याराडोनाको विशेषता हो । पहिले खेलाडीका रूपमा उनी चर्चामा छाइरहन्थे, अहिले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बनेर चर्चा बटुलिरहेका छन् । त्यसो त बालक छँदैदेखि उनको चर्चा सुरु भएको हो, जतिखेर उनी केवल दस वर्षका थिए। त्यतिबेला म्याराडोनालाई ठूला प्रतियोगिताहरूमा मध्यान्तरका बेला मैदानमा बोलाईन्थ्यो, जहाँ उनी आफ्नो फुटबल सन्तुलन कला देखाएर दर्शकलाई मन्त्रमुग्ध पार्थे। उनले खेलाउन थालेपछि बल कहिले खुट्टामा, कहिले टाउकामा, कहिले घुँडामा, ढाडमा, काँधमा अनि कहिले तिघ्रामा ! बल त खस्नै नपाउने ! पछि गएर, म्याराडोनाको यो बल-सन्तुलन कला स्थानीय एटलान्टा रंगशालामा लामो समयसम्म दर्शकको अनुरोधमा परम्पराजस्तै बन्यो।

त्यसैताका दसवर्षे म्याराडोनालाई पहिलोपटक टेलिभिजनले अन्तर्वार्ता लिँदै भविष्यको योजनाबारे सोध्यो। म्याराडोनाले सहज पाराले जवाफ दिँदै भनेका थिए, “राष्ट्रिय टोलीबाट खेल्दै विश्वकप उपाधि जित्नु मेरो कल्पना, सपना र जपना हो ।” नभन्दै २६ वर्षको उमेरमा सन् १९८६मा उनले झन्डै आफू एक्लैको भरमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताइछाडे। त्यो विश्वकपलाई ‘कोपा म्याराडोना’ अर्थात् म्याराडोनाको विश्वकप भन्ने गरएिको छ। चार वर्षपछि उनकै नेतृत्वमा अर्जेन्टिना फेर िएकपटक विश्वकपको फाइनलमा पुग्न सफल भएको थियो। स्पेनको बार्सिलोना क्लबमा उनी सधैँ सम्मानित छन् । अझ, उनी लामो समयसम्म आबद्ध रहेको इटालीको नेपोली क्लब त उनलाई आफ्नो भगवान् नै मान्छ ।

जीवनमा अनेक उतारचढावहरू आए। तर, उनी जतिबेलासम्म खेले, दिलोज्यानका साथ इमानदारी र समर्पित भावनाले खेले। सन् १९९४मा अमेरकिामा भइरहेको विश्वकपको लिग चरणको खेलका बेला मूत्र- परीक्षणमा प्रतिबन्धित औषधी पाइएको आरोपमा अपमानजनक ढङ्गले विश्वकपबाट बाहिरएिका म्याराडोना १६ वर्षपछि नयाँ शैली, नयाँ जिम्मेवारी र नयाँ सम्मानसाथ फेर िएकपटक अर्जेन्टिनी टोलीका केन्द्र बनेर विश्वकपमा सहभागी हुँदैछन्। सन् १९८६को क्वार्टरफाइनलमा इङ्ल्याण्डविरुद्ध म्याराडोनाले गरेको दोस्रो गोललाई शताब्दीकै उत्कृष्ट गोल मानिन्छ तर त्यो पहिलो हाते गोल पनि थियो, जसको चाल रेप|mीले पनि पाएनन्।

खेलको समाप्तिमा म्याराडोनाको भनाइ थियो, “द ह्यान्ड अफ गड स्कोर्ड द फस्ट गोल…!” अर्थात् ‘यो पहिलो गोल ईश्वरको हातले गरेको गोल हो’। फुटबल जगत्मा त्यो क्षण र उनको त्यो भनाइ कहिल्यै कसैले बिर्सन नसक्ने प्रसँग हो, अझ खासगरी बेलायती फुटबल समर्थकहरूले। निःसन्देह, सन् १९८६को मेक्सिको विश्वकप एकल रूपमा अर्जेन्टिनी ‘जिनियस’ म्याराडोनाको विश्वकप थियो । २२ जून १९८६मा अर्जेन्टिना र इङ्ल्याण्डबीच क्वार्टरफाइनल खेल यस्तो पृष्ठभूमिमा भएको थियो, जुनबेला चार वर्षपहिले ती दुई देशले फकल्याण्ड टापूको स्वामित्वलाई लिएर संहारकारी युद्ध गरेका थिए । सैनिक युद्धभूमिमा पराजित भएको अर्जेन्टिना फुटबलको मैदानमा बदला लिन उत्सुक भएको पृष्ठभूमि थियो त्यसको। अर्जेन्टिनाका कप्तानका रूपमा उनले आफ्नो देशलाई सन् १९९०को इटाली विश्वकप फाइनलसम्म पुर्याए पनि प्रतिद्वन्द्वी पश्चिम जर्मनीविरुद्ध १-०ले पराजित हुनुपरेको थियो।

छ वर्षको उमेरदेखि नै फुटबलसित नाता जोडेका म्याराडोना धेरैधेरै जनालाई फुटबल खेलप्रति आकषिर्त गराउने उत्प्रेरक पनि हुन्। उनले अर्जेन्टिनोज जुनियर्स, बोका जुनियर्स, नेपोली, सेभिलाजस्ता क्लबहरूबाट खेले र ती क्लबहरूलाई अभूतपूर्व सफलता दिलाए । खासगरी इटालियन क्लब नेपोलीका लागि त उनी भगवान् नै मानिन्छन् । कुल २७ वर्षको आफ्नो लामो र विवादग्रस्त सक्रिय फुटबल जीवनमा उनले जति सुनाम कमाए, त्यति नै बदनामी पनि पाए। जति आकर्षण कमाए, त्यति नै विकर्षण पनि पाए । उनी विश्वमै सम्भवतः एक मात्र त्यस्ता फुटबल खेलाडी हुन्, जसका जति धेरै प्रशंसक-समर्थकहरू छन्, त्यति नै आलोचकहरू पनि ।

Previous Post

प्रदेश २ का मन्त्रीहरु द्वारा महोत्तरीमा १ करोडको लागतमा फाटक निर्माण गर्ने

Next Post

बर्दिबासमा भएको बालिका हत्या घटनाको विरोध प्रदर्शनमा प्रहरीले संयमता गुमाएको कारणले थप क्षति”

Related Posts

पाचौं मेयर गोल्डकपको उपाधिमाथि झुम्का सुनसरीको कब्जा
अन्य

पाचौं मेयर गोल्डकपको उपाधिमाथि झुम्का सुनसरीको कब्जा

२०७७ मंसिर ११, बिहीबार ०१:३०
संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न
अन्य

संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न

२०७७ मंसिर ११, बिहीबार ०१:३०
चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो
अन्य

चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

२०७७ मंसिर ११, बिहीबार ०१:३०
संरचना हटाइयो
अन्य

संरचना हटाइयो

२०७७ मंसिर ११, बिहीबार ०१:३०
महोत्तरीको पिपरा गाउँपालिकाले एक वर्षमै अनुगमन भत्ताको नामा बाँडे झण्डै २६ लाख
अन्य

पिपराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झासहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०७७ मंसिर ११, बिहीबार ०१:३०
सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका
अन्य

सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका

२०७७ मंसिर ११, बिहीबार ०१:३०

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति