मधेश टप् न्यूज डेस्क, जनकपुरधाम : प्रदेश नं २ स्थित धनुषा जिल्लाको सहिदनगर नगरपालिका -८ बिसरभोरा टोल बस्ने इन्दिला देवी साफी लाई नेपाल रजक सेवा समाजले आर्थिक सहयोग गरेका छन। स्व. श्री जुगल साफिको श्रीमति इन्दिला देवी साफी र उनका ३ वटा छोराछोरीहरु भएको परिवारिक जीवन धान्न को लागि आर्थिक श्रोतको आम्दानी केही नभएकोले परिवारिक जीवन सहज बनाउन हेतु गत( 26नोभेमवर 2020 ) बिहिवारको दिन नेपाल रजक सेवा समाजले नेपाली रु.९०००/- नौ हजार आर्थिक सहयोग तथा आर्थिक प्रगतीको लागि एउटा पारी (भैंसी)गरि समाजका पदाधिकारीहरु एव गाउँका भद्र भलादमी तथा बुद्धिजीवीहरु लगायतको उपस्थितीमा सहयोग हस्तान्तरण गरेको हो।
त्यस्तै सहिदनगर न.पा.-३ यदुकुहामा समाज को पुर्व योजना अनुसार धनुषाको विभिन्न क्षेत्र बाट आएका रजक जनसमुदायको बुद्धिजीवी , समाजसेवी, गाउँको जातिय अगुवाहरु लगायत युवाहरुको उपस्थितीमा बैठकको आयोजना गरि नेपाल रजक सेवा समाजको समाज सेवी श्री शिवेश्वर रजक को अध्यक्षतामा १६ सदस्य सहितको तदर्थ समिती गठन गरियो।
समितीको पदधिकारीहरु अध्यक्ष- शिवेश्वर रजक, उपाध्यक्ष- नरेश साफी , कोषाध्यक्ष- सुनैना देवी रजक, सचिव- नरेन्द्र कुमार रजक, सहसचिव- संतोष कुमार साफी , वरिष्ट सलाहकार- रुपनारायण साफी , सल्लाहकार – रामवरण रजक , गोदावरी देवी रजक लगायत सदस्यहरु – रामझरि देवी रजक , रिता देवी साफी , उर्वैसी , संजय रजक, विजय रजक, सुनिल साफी, भोला साफी र ब्रहम्देव रजक रहेका कतार ग्रुपका सचिव नर्सिङ रजकले जानकारी गराउनु भयो। रजक सेवा समाज हाल साउदी कतार दुबई मलेशिया नेपाल भारत लगायत देशहरुमा क्रियाशिल रहेका छन।
Discussion about this post