काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज सुन तोलामा ६ सय रुपैयाँ घटेको छ ।
सुन आज तोलामा ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अस्ति शुक्रबार सुन तोलामा ९१ हजार ३ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनयता सुनको भाउ लगातार जस्तै घटेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ ।
Discussion about this post