मधेस टॉप संवादाता

सिरहा ।सिरहाको गोलबजार न. पा मा बालिका गुलफसा र संजय न्योपानेको न्यायको लागि बिरोध प्रदर्शन गरेका छ्न। महोत्तरीको बर्दिबास नगरपालिका १४ शुभम् बस्तीकी ६ वर्षीय बालिका गुलाब शाह खातुन बलात्कार पछि हत्यामा संलग्नलाई कार्वाहीको माँग गर्दै शनिवार सनराइज युथ सिरहा संजाल को आयोजनामा युवाहरुले विरोध प्रर्दशन गरेका हुन् । सयौंको संख्यामा उपस्थित किशोर किशोरी तथा युवाहरुको जुलुशले बलात्कारीलाई कार्वहीको माग गर्दै विभिन्न नारा तथा प्रतिकात्मक फोटोहरु सहित जुलुस निकाल्दै बजार परिक्रमा गरी पुर्व पश्चिम राजमार्ग को गोलचकर चौकमा कोणसभा गरेका थिए।

कोन सभामा सनराइज युथ सिरहा संजालका अध्यक्ष शोभा साह ले जब सम्म नेपाल सरकारले संबिधानमा बलात्कारी लाई कुनै ठोस सजायको कानुनको निर्माण गर्दैन तब सम्म नेपालमा गुलफसा जस्ता चेली बेटीको बालात्कार गरि हत्या भइरहन्छ र सरकारले दोशी लाई सजाय को सट्टा संरक्षन दिइरह्न्छ बताएकि छिन। त्यस्तै कार्यक्रम मा एक युवाले गुलबसा हत्याको बिषयमा केन्द्र सरकारले केही बोलेको छैन, केन्द्र सरकार नबोले पनि प्रदेश सरकारलाइ त आफ्नो धारना राख्नु परथ्यो, जति दोसी केन्द्र सरकार हो त्यस भन्दा बढी दोसी प्रदेश सरकार रहेको छ। कार्यक्रमा एक युवाले प्रहरीको जुन नारा छ समाजमा कि ” प्रहरी मेरो साथी” प्रहरी ठिक उसको उल्टो चली रहेको छ, जसरी काठमाण्डौमा आन्दोलन हुदा पानी को फोहरा, पलास्टिकको गोली चलाइन्छ तर मधेषमा आन्दोलन हुदा प्रहरी मेरो साथी, गोली घुडा माथी चलाइरहेको बताएका छन।

गत आइतबार घरबाटै हराएकी बालिका मंगलबारमात्र बोरामा कसेर झाडिमा फालेको अवस्थामा फेला परेको थियो । हत्या तथा बलात्कार संलग्न रहेको आरोपमा प्रहरीले महोत्तरीकै गौशला ५ घर भाई बर्दिवास बस्दै आएका २६ वर्षिय अरुण कुमार साहलाई नियन्त्रणमा लिएको छ । साह विरुद्ध प्रहरीले अपहरण, बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ । बालीकाको बलात्कार तथा हत्या विरुद्ध प्रदेश २ का धेरै जिल्लाहरुमा विरोध प्रदर्शनहरु भईरहेको छ