- सुभम सिंह राजपूत
महोत्तरी : महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न .५ वजारमा रहेकाे नालाहरु झिर्ण भन्दा झिर्ण अवस्थामा पुगे पनि नगरपालिका तथा वडा अध्यक्ष धमेन्द्र साहले कुनै ध्यान नदिए पछि महलावासिहरु अाक्राेसित भएका छन ।गाैशाला नगरपालिकामा सव भन्दा बढि कर तिर्ने व्यापारीहरु नै हुन तर उहाँहरुकाे पसलकाे अगाडि नाला झिर्ण बने पछि पसलमा ग्राहकहरुलाई अावत जावत गर्न निकै कठिनाईकाे समाना गर्नु परेकाे छ जसले गर्दा मालसमान खरीद विक्रिमा कमि अाएकाे व्यापारीहरुले बताएका छन । तिन महीना पहिले वडा अध्यक्ष धमेन्द्र साह र प्रशासकिय अधिकृत वीरेन्द्रजंग थापाले नालालाई मरम्मत गराउने अनुशासन दिएर गए पछि नअाज सम्म मरम्मत भएकाे, न उहाँहरु फेरि दुवै जना हेर्नअाएकाे छ । जनताकाे प्रतिनिधि भएर पनि वाेलेकाे कुरा पालन नगर्नुले वडा अध्यक्ष साह प्रतिकाे विश्वावस जनतामा कमि अाईरहेकाे विक्रम साहले बताएका छन ।चुनावकाे समय जनताले काम गर्न खालकाे प्रतिनिधि छनाैट नगरेकाे कारण गाैशाला वासिहरु दुःख पाईरहेकाे छ ।
दुर्गा वैट्रिककाे प्राेप्राईटर विशाल यादवले अाफ्नाे निजि पैसाले नाला मरम्त गराए तर नगरपालिका बाट एक रुपयाँ सहयाेग पाएन ।जव जनताले अाफ्नै पैसाले नालाहरु मरम्मत गराउँछ भने किन नगरपालिका र वडा अध्यक्षकाे काे के अाबश्यकता पर्छ खालि भत्ता खानकाे लागि प्रतिनिधि नबनाएका हाेला उनिहरुले प्रश्न गरे?यता नगरपालिका र वडा अध्यक्ष विच जुवारी चलि रहेकाे छ ।नगर प्रमुख भन्नु हुन्छ वडा अध्यक्षले विकासकाे लागि बजेट माँगिदैन ,उता वडा अध्यक्ष धमेन्द्र साहले भन्नु हुन्छ वडा न.५ लाई साैतेला व्यवहार गरेर वजेट विनियाेजन गरेकाे छ जस बाट सबै काम गर्न असम्भ रहेकाे हुन्छ । वडा अध्यक्ष धमेन्द्र साह र नगरपालिकाकाे टकरावले स्थानिय तथा व्यपारीहरुले दुःख पाईरहेकाे स्थानिय व्यापारी विनाेद साहले जनाएका छन ।
यस सम्वन्धमा नगरपालिकाकाे जननिर्वाचित प्रतिनिधिहरु सँग सम्पर्क गर्दा खालि झुठाे अनुशासन मात्र दिएर समय विताई रहेकाे छ । यता वर्षकाे दुई कराेड गाैशाला ५ काे अाम्दानि रहेकाेले विकास गर्न मुख्य दाईत्व नगरपालिकाकाे रहेकाे वडा अध्यक्ष धमेन्द्र साहले वताए ।वडालाई पचास साठ लाख दिएर नालाकाे मर्मत पुरा हुन सकिदैन ।म पटक पटक नगर प्रमुख शिवनाथ महताेलाई ध्याण अाकार्षण गराउँदै अाए पनि कुनै वास्ता नगरेकाे साहकाे भनाई छ। नगरपालिकाले ईमान्दारी पुर्वक काम गराए मलाई कुनै अापत्ति रहने छैन।विकास गर्नकाे लागि मन हुनु पर्छ तर नगरप्रमुखकाे गाैशाला वडा न. ५मा विकास गर्न मन नरहेकाे उनले जनाए ।जवसम्स गाैशालामा विकास हुँदैन तव सम्म गाैशाला न. पा. मा विकास भएकाे अनुभुति हुन सकिदैन साहले दावि गरे।
Discussion about this post