जनकपरधाम । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका का सामाजिक तथा गाउँपालिका अध्यक्ष रामजानकी यादव एक समारोहका बिच भारतको राजधानी दिल्लीमा डा. अम्बेडकर ब्रदरहुड इन्टरनेशनल अवार्डबाट सम्मानित भएका छन् l
उक्त सम्मान भारतीय दलित अकादमीका अध्यक्षले समर्पण गरेका हुन् l
भारतीय दलित साहित्य अकादमीको आयोजनामा भएको विशेष कार्यक्रममा सम्मान प्राप्त गर्ने अन्य नेपालीहरूमा डा. सुन्दरबहादुर थापा र पुरुषोत्तम नेपाली डा. अम्बेडकर एक्सीलेंस सर्विस इन्टरनेशनल अवार्ड -२०२४ बाट सम्मानित भएका छन् l
कुमार सिवा डा.अम्बेडकर ब्रदरहुड इन्टरनेशनल अवार्ड-२०२४ बाट र डा. अम्बेडकर इन्टरनेशनल अवार्ड -२०२४ बाट डा. किशोरकुमार प्रधान साथै दीपन्द्र विश्वकर्मा डा. अम्बेडकर कलाश्री अवार्डबाट सम्मानित भएका छन् l
‘डा. अम्बेडकर ब्रदरहुड इन्टरनेशनल अवार्ड- २०२४’बाट सम्मानित भएपछि अध्यक्ष यादव भन्छन् : यो सारा नेपाली दलितको गौरव हो ।
नेपालमा अम्बेडकरवादी विचारधारा फैलाउदै दलित आन्दोलनलाई उचाइमा पुर्याउन म अझ बढी प्रतिबद्ध र कटिबद्ध भएर लाग्नेछु l’ यादवले बताए ।