MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

७४ प्रतिशत जनसङ्ख्या खानेपानीको पहुँचमा

जनसङ्ख्या खानेपानी

मधेशटप by मधेशटप
२०७७ मंसिर १८, बिहीबार १३:३२
0
७४ प्रतिशत जनसङ्ख्या खानेपानीको पहुँचमा

७४ प्रतिशत जनसङ्ख्या खानेपानीको पहुँचमा

देउखुरी, १८ मङ्सिर (मधेश टप) : खानेपानीको भरपर्दो स्रोत नभएका कारण गाउँमा समस्या थियो । इनारको पानीले गुजारा चलाउनुपथ्र्यो । गर्मीमा विस्तारै इनारको पनि सुक्दै जाँदा समस्या हुन्थ्यो । अहिले गाउँमा पानीको धाराको लागि पाइप विस्तार भएपछि स्थानीयवासी खुशी भएका छन् । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा खनिएको बोरिङको पानी गुरुवागाँउ, बेरुवागाउँ र गुरगैका मानिसले उपभोग गर्नेछन् ।

रु दुई करोडको लागत ५३ लाखले जनश्रमदानमा आयोजनाको काम धमाधम भइरहेको उपभोक्ता समितिका अध्यक्ष बामदेव शर्माले बताउनुभयो । “डिभिजन खानेपानी तथा सरसफाइ संस्था दाङले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै गाउँ–गाउँमा खानेपानीको धारा जडान गर्न थालेको छ । जसबाट उपभोक्ता प्रत्यक्ष लाभान्वित भएका छन् । बोरिङ खनेर पानी आइसकेको छ पाइप विच्छ्याउने काम सम्मपन्न भइसकेको छ”, शर्माले भन्नुभयो । तीन वर्षे योजनाअनुसार काम थालनी गरिएको हो ।

पाइप विस्तार भइसकेपछि ओभरहेड ट्याङ्कीमा पानी जम्मा गरेर सिधैँ उपभोक्ताको धारामा पु¥याउने लक्ष्य रहेको शर्माले जानकारी गराउनुभयो । गाउँका २०० घरधुरीलाई पहिलो चरणमा पानी पु¥याउने उद्देश्यले पाइपलाइन विस्तार भइसकेको छ । यो भन्दा अघि गाउँमा पानीको निकै समस्या रहेको शर्माले बताउनुभयो । जसोतसो गुजारा चलाए पनि गर्मीको समयमा पशु चौपायलाई पानी पुग्दैनथ्यो । पानीको सधैँ समस्या हुन्थ्यो, अब पानीको समस्या टरेको उपभोक्ता समितिका उपाधक्ष्य बिमला रिजाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पानीको समस्या धेरै थियो खानेपानीका लागि बनाइएका इनार सुक्थे, नुहाउन र कपडा धुन समस्या थियो, पानी विस्तारले धेरै खुशी भएका छौँ ।” घोराही–६ गुरगैका हिमाल चौधरीले गर्मीयाममा इनारको पानी सुकेर खानेपानीको समस्या थियो, खानेपानी योजनाको लागि लागत सहभागितामा रकम उठाउन र जनश्रमदान गर्न गाह्रो भए पनि धारामा पनि आउने भएपछि खुशी भएको बताउनुुन्छ । दाङमा दुई वर्षको अवधिमा साढे ६ हजार बढी घरमा खानेपानी धारा जडान गरिएको छ । तीन वर्षभित्र जिल्लामा एक घर, एक धारा पु¥याउने प्रदेश सरकारको सङ्कल्पअनुसार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले दुई वर्षको अवधिमा ६ हजार ७७४ घरमा खाने पानीका लागि धारा जडान गरेको हो । कार्यालयले गत वर्ष ५ हजार ४७४ घरमा र यस वर्षको प्रथम चौमासिकमा एक हजार २०० गरी साढे ६ हजार ७०० बढी घरमा धारा जडान गर्न सफल भएको हो । सङ्घीय संरचनामा कार्यालय स्थापना भएको दुई वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा खानेपानीको धारा जडानसँगै घरमै खानेपानी सुविधा पु¥याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधि पोखरेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “करिब दुई वर्षको अवधिमा पाँच वटा आयोजना सम्पन्न गरेर धारा पु¥याएका छाँै ।” कार्यालय प्रमुख पोखरेलका अनुसार हालसम्म घोराही–५ को सङ्गुरेमा ४०४, घोराही–१७ को धाइरेखुटीमा एक हजार ११४, बङ्गलाचुली गाउँपालिका–८ हाँसिपुरमा ३९७, बङ्गलाचुलीकै कुइजातापामा ३१९ र लमही नगरपालिका–१ नर्र्तीमा ३ हजार दुई ४० धारा जडान गरिएको छ । यस वर्ष करिब जिल्लाका ११८ खानेपानी आयोजनामध्ये ३५ प्रतिशत खानेपानी आयोजना सम्पन्न गरेर उपभोक्तालाई हस्तान्तरण गर्ने लक्ष्य रहेको पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अधिकांश खानेपानी आयोजनाको बोरिङ खन्ने, ट्याङ्की निर्माणलगायत काम सकिएका छन् । अब ट्याङ्कीबाट उपभोक्ताको घरसम्म पानी लैजानका लागि पानी जडान गर्न बाँकी छ । ती योजना बजेट अभावमा रोकिएका छन् ।” मन्त्रालयले बजेट दिए जतिसक्यो चाँडै काम सकिने उहाँले बताउनुभयो । त्यसैगरी लुम्बिनी प्रदेश सरकारको ११८ खानेपानी आयोजना निर्माणकै चरणमा रहेकामा यस वर्ष करिब ३० बढी खानेपानी आयोजना सम्पन्न गर्ने तयारी छ ।

बाँकी रहेका योजना अर्को वर्ष पूरा गर्ने लक्ष्य छ । जिल्लामा करिब ७४ प्रतिशत जनसङ्ख्या आधारभूत तहको खानेपानीको पहुँचमा रहेका छन् । दाङ कार्यक्षेत्र रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङअन्तर्गत सङघीय र प्रदेश सरकारका २६७ वटा खानेपानी योजना निर्माणका क्रममा छन् । उक्त खानेपानी योजनाका लागि प्रदेश सरकारले रु ४८ करोड बढी बजेट विनियोजन गरेको छ ।

Previous Post

मालपोत कार्यालयविरुद्ध अदालतमा रिट

Next Post

अब भौतिक उपस्थितिमा पढाइ

Related Posts

पाचौं मेयर गोल्डकपको उपाधिमाथि झुम्का सुनसरीको कब्जा
अन्य

पाचौं मेयर गोल्डकपको उपाधिमाथि झुम्का सुनसरीको कब्जा

२०७७ मंसिर १८, बिहीबार १३:३२
संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न
अन्य

संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न

२०७७ मंसिर १८, बिहीबार १३:३२
चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो
अन्य

चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

२०७७ मंसिर १८, बिहीबार १३:३२
संरचना हटाइयो
अन्य

संरचना हटाइयो

२०७७ मंसिर १८, बिहीबार १३:३२
महोत्तरीको पिपरा गाउँपालिकाले एक वर्षमै अनुगमन भत्ताको नामा बाँडे झण्डै २६ लाख
अन्य

पिपराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झासहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०७७ मंसिर १८, बिहीबार १३:३२
सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका
अन्य

सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका

२०७७ मंसिर १८, बिहीबार १३:३२

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति