जनकपुरधाम : संघीय सरकारले अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश २ सरकारले संघीय सरकारविरुध्द सर्वाेच्चमा रिट निवेदन दर्ता गराएको छ। संघीय सरकारको भूमिगत जलस्रोत विकास समितिले कात्तिक २१ गते गरेको परिपत्र र समृद्ध तराई मधेस सिचाईँ विशेष कार्यक्रमले कात्तिक २४ गते आह्वान गरेको बोलपत्रले प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले बिहीबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित ५ वटा निकायलाई विपक्षी बनाइएको छ । प्रदेश २ सरकारले संविधानको अनुसूची ६ अनुसार प्रदेशको अधिकार क्षेत्रमा पर्ने काममा संघीय सरकारले हस्तक्षेप गरेको बताएको छ । रिटको पेशी मंसिर २६ मा तोकिएको छ ।
Discussion about this post