कृष्णनगर, कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ गोलघर स्थित अबैध रुपमा भारत बाट नेपाल तर्फ भन्सार छलि गरि ल्याउदै गरेको आठ थान मोवाईल बरामद गरिएको छ ।
इलाका प्रहरी कृष्णनगर द्वारा खटिएको डिउटी टोलीले उक्त अबैध मोबाइल बरामद गरेको छ । अबैध रुपमा भारत बाट नेपाल तर्फ मोवाईल सेट भन्सार छली गरी लिई आउदै गरेका छन् भन्ने सुचनाको आधारमा मोबाइल बरामद गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
आवस्यक कार्यवाहीका लागी उक्त समान भन्सार कार्यालय कृष्णनगर पठाइएको साथै उक्त मोबाइलको अनुमानित मुल्य रु १,५०,०००-/(एक लाख पचास हजार) पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ ।
आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर इन्चार्ज प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिनुभएको छ।
Discussion about this post