काठमाडौँ : सुनको मूल्य फेरि घट्न थालेको छ ।

आज एकैदिन तोलामा ९ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउ घटबढ भइरहेको महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर