रामएकवाल राम २९ मंसिर
दोहा कतार– विश्व्ब्यापी रुपमा फैलिएको कोरोना महामारीको समस्यालाई मध्यनजर गर्दै गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले कतारको राष्ट्रिय दिवसको अवसरमा १८ डिसेम्बर शुक्रबारका दिन निशुल्क स्वास्थ परिक्षण कार्यक्रम गर्न लागेको छ।

एनआरएनए कतारको आयोजनामा हुन लागेको निशुल्क स्वास्थ परिक्षण कार्यक्रम १८ डिसेम्बर बिहान १० बजे देखि ४ बजे सम्म हुनेछ।कान्तिपुर मेडिकल सेन्टरमा स्वास्थ परिक्षण गरिने एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिएका छन।
निशुल्क स्वास्थ परिक्षण अन्तरगत
(१) डाक्टरसङ्ग परामर्श
(२))ब्लड सुगर
(३) युरिक एसिड
(४)कोलेस्ट्रोल
(५) बिएम आई
(६) ब्लड प्रेसर गरि ६ प्रकारका सुबिधा दिने आयोजकका अध्यक्ष मुक्तदाले जानकारी दिएका छन।