जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकाले कर्मचारीहरुका लागि तीन महिने कम्प्युटर तालिमको आज मंगलबार उद्घाटन गरेका छ्न।
उद्घाटन सत्रमा नगरपालिकाको नौ वटै वडाका सचिवहरूलाई बिद्धुत कार्य सम्प्रेषण कुशलतापुर्वक गर्नका लागि कम्प्युटर तालिम दिन लागिएको हो।वडा सचिवहरूका लागी तीन महिने तालिमको व्यवस्था गरिएको नगरप्रमुख उदय कुमार बरबरिया यादवले जानकारी दिए।
कम्प्युटरको माध्यमले नगरपालिकाको सबै निकायमा कार्य सम्प्रेषण गर्दा पारदर्शी हुने बिश्वास व्यक्त गरे ।उहाले सरकारको डिजिटल नेपालको परिकल्पनालाई समेत साकार पार्ने उदेश्यले तालिम दिन लागेको बताए ।
वडाको कार्यहरु तीव्र रुपमा तथा कुशल रुपमा सँचालन गर्नको लागि कम्प्यूटर शिक्षा समेत अति आवश्यक रहेको भन्दै वडासचिवहरुलाई ३ महिनासम्म आधारभूत तालिमदेखि लिएर एडभान्स तालिम दिइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न यादवले जानकारी दिए ।
विशिष्ट अतिथिको आसनबाट बोल्दै अधिकृत यादवले वर्तमान परिवेश र प्रविधिको युगमा कम्प्यूटर शिक्षाको अपरिहार्यतालाई मध्यनजर गर्दै सचिवहरुलाई कार्यसँचालन गर्न सजिलो होस भन्ने उदेश्यले तालिम सुरु गरिएको बताए ।
तालिमको उदघाटन कार्यक्रममा नगर उपप्रमुख शिला देवी कापर, समाजिक सुरक्षा शाखा विष्णुदेव यादव, विकेश कुमार यादव, दिलीप कुमार महरा सहित विभिन्न वडाका वडाध्यक्ष र वडासचिवहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post