काठमाडौं । नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटले मंगलवारबाट देशमा पाँच हप्ता लकडाउन गरिएको घोषणा गरेका छन् ।
कोरोना भाइरस रोक्नको लागि अहिलेको अवस्थामा यहि नै सबैभन्दा उत्कृष्ट माध्यम भएकोले यसो गरिएको बताइएको छ ।
उनले भने, ‘कोरोना रोक्नको लागि हाल यो भन्दा अर्को उचित माध्यम यहि नै हो, हामीले कडा लकडाउन शुरु गरेका छौँ । स्कूल, पसल, म्यूजियम र जिम बन्द रहनेछन् ।’
नेदरल्याण्ड्समा हालसम्म ६ लाख २८ हजार ५७७ जनालाई कोरोना संक्रमण भएको छ भने १० हजार १६७ जनाको मृत्यु भएको छ ।
Discussion about this post